राजकिशोर नआएपछि महन्थ पक्षको बैठक बस्न सकेन

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य तथा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव बैठकमा नआएपछि महन्थ ठाकुर पक्षको बैठक शुरु हुन सकेको छैन । निर्वाचनमा आयोगमा बहुमत पुर्याएर दाबी पेस गर्नका लागि आइतबार बिहान ११ बजे बैठक बोलाइएको थियो । तर, समाचार तयार पार्दासम्म यादव बैठकमा पुगेका छैनन् ।
उनी नआएका कारण बैठक बस्न नसकेको एक नेताले रातोपाटीलाई बताए । यादव नआएपछि तत्कालका लागि बैठक स्थगित गरिएको पनि ती नेताले बताए । यादव आए बैठक बस्ने जानकारी दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गर्दा ठाकुरले बुझाएको ८ जना मन्त्रीहरुको सूचीमा यादवको नाम परेको थिएन । दोस्रो पटक मन्त्री थपिँदा मात्र यादवको नाम थपिएको थियो ।
महन्थ ठाकुर पक्षले निर्वाचन आयोगले माग गरेअनुसार कागजात अझै बुझाएको छैन । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासित गर्दै कारवाहीबारे निर्वाचन आयोगलाई जानकारी गराएका थिए । पत्र बुझाएको दुई दिनपछि उल्लेखित ढाँचाअनुसार निवेदन दिने प्रकृया नपुगेको भन्दै आयोगले सोहीअनुसार निवेदन दिन यादव पक्षलाई भनेको थियो भने ठाकुर पक्षलाई कागजातहरु पनि नपुगेको हुनाले नियम वालीको अनुसूची १८ को ढाँचा अनुसार निवेदन दिन र आवश्यक कागजात बुझाउन भनेको थियो ।
यादव पक्षले तोकिएको ढाँचाअनुसार आयोगमा निवेदन दिइसकेको छ । तर ठाकुर पक्षले भने कोरोनाको कारण देखाउँदै तत्काल कागजात दिन नसक्ने भन्दै एक हप्ताको थप समय माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमलबजारमा ‘हवैजहाज’ त उड्यो, चलेन बिजुलीपङ्खा
-
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली
-
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल
-
छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी
-
राप्रपाले पनि गर्यो पाकिस्तान दूतावास अगाडि प्रदर्शन