महन्थको लिस्टमा नपरेका राजपाका राजकिशोर यादव मन्त्री बन्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ति बन्न लागेका छन् ।
यसअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले आठजना मन्त्री पठाउँदा त्यसमा राजकिशोर यादवको नाम परेको थिएन । पार्टीमा राजकिशोर यादव पनि मन्त्री बन्ने तय भएपनि उनको नाम एकाएक हटाइएको थियो । जसका कारण उनी असन्तुष्टसमेत बनेका थिए ।
जसपा स्रोतका अनुसार पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले राजकिशोर यादवले उपेन्द्र यादवलाई सहयोग गरिरहेको आरोप लगाउँदै उनको नाम काट्न लगाएका थिए । जबकी पूर्व राजपाका सबै शीर्ष नेता सरकारमा सहभागी हुने सहमति भएको थियो ।
अहिले भने राजकिशोर यादवको नाम राष्ट्रपति कार्यालय हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुगेको हो । पहिलो मधेश आन्दोलनसँगै मधेशी राजनीतिमा आएका राजकिशोर यादवले मधेशी जनअधिकार फोरम नेपालबाट पहिलो संविधानसभा चुनाव जितेका थिए ।
फोरम नेपाल विभाजन भएर जेपी गुप्ताले मधेशी जनअधिकार फोरम गणतान्त्रिक बनाउँदा उनी गुप्ताको पक्षमा लागेका थिए ।
भ्रष्टाचार मुद्दामा गुप्ता जेल पर्दा उनी डा बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा सञ्चारमन्त्री समेत बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
-
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ...
-
लागत बढेपछि चपेटामा किसान
-
संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण