बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले भन्यो : होसियार ! शीतलनिवासको षड्यन्त्र पोखरामा नदोहोरियोस्

शनिबार, २९ जेठ २०७८, ०८ : ००
शनिबार, २९ जेठ २०७८

नेपाली काँग्रेसले शीतल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोर्याउन चेतावनी दिएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुइ दिनअघि विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङको पुन मुख्यमन्त्रीमा दाबीले षडयन्त्रको आशंका बढाएको बताए । 

काँग्रेसले बहुमत हस्ताक्षर अनुरुप पोखरेललाई अविलम्ब मुख्य मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह गरेको छ। मुख्यमन्त्री नियुक्तिको सहज संवैधानिक प्रक्रिया कार्यान्वयनमा ढिलाई गरिएकोप्रति काँग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको शर्माले बताए ।

'शितल निवासमा झैं षडयन्त्रको कुनै दबाबमा नपर्न प्रदेश प्रमुखलाई अपील गर्दै बहुमत ३१ सांसदको हस्ताक्षर र उपस्थितिमा प्रस्तुत दावा बमोजिम मुख्य मन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई अविलम्ब नियुक्त गर्न नेपाली कांग्रेस माग गर्दछ,' शर्माले भने ।

यता  गुरुङले पनि आज जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षको प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप