काँग्रेसले भन्यो : होसियार ! शीतलनिवासको षड्यन्त्र पोखरामा नदोहोरियोस्
नेपाली काँग्रेसले शीतल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोर्याउन चेतावनी दिएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुइ दिनअघि विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङको पुन मुख्यमन्त्रीमा दाबीले षडयन्त्रको आशंका बढाएको बताए ।
काँग्रेसले बहुमत हस्ताक्षर अनुरुप पोखरेललाई अविलम्ब मुख्य मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह गरेको छ। मुख्यमन्त्री नियुक्तिको सहज संवैधानिक प्रक्रिया कार्यान्वयनमा ढिलाई गरिएकोप्रति काँग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको शर्माले बताए ।
'शितल निवासमा झैं षडयन्त्रको कुनै दबाबमा नपर्न प्रदेश प्रमुखलाई अपील गर्दै बहुमत ३१ सांसदको हस्ताक्षर र उपस्थितिमा प्रस्तुत दावा बमोजिम मुख्य मन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई अविलम्ब नियुक्त गर्न नेपाली कांग्रेस माग गर्दछ,' शर्माले भने ।

यता गुरुङले पनि आज जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षको प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

