गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना
पोखरा । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन्। बहुमत सांसदको हस्ताक्षरसहित काँग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी गरेपनि नियुक्ति प्रक्रिया अगाडि नबढाएपछि विपक्षी गठबन्धनका ३१ जना सांसदहरू प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसिरहेका छन् ।
तर उनीहरुलाई भित्र प्रवेश नदिइएपछि गेटमै धर्नामा बसेका हुन्।
'यो राजनीतिक बेइमानी, अधिनायकवादी शैली हो,' मुख्यमन्त्रीका दाबेदार पोखरेलले भने । पोखरेलले आफूहरुले कानुनी र राजनीति लडाइँ लड्ने बताए । आफूहरुले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएर मुख्यमन्त्री दाबी गर्दा पनि जालझेल हुन लागेको उनको भनाइ छ ।
पृथ्वी सुब्बा गुरुङले पनि आज जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षको प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

