गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

पोखरा । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन्। बहुमत सांसदको हस्ताक्षरसहित काँग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी गरेपनि नियुक्ति प्रक्रिया अगाडि नबढाएपछि विपक्षी गठबन्धनका ३१ जना सांसदहरू प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसिरहेका छन् ।
तर उनीहरुलाई भित्र प्रवेश नदिइएपछि गेटमै धर्नामा बसेका हुन्।
'यो राजनीतिक बेइमानी, अधिनायकवादी शैली हो,' मुख्यमन्त्रीका दाबेदार पोखरेलले भने । पोखरेलले आफूहरुले कानुनी र राजनीति लडाइँ लड्ने बताए । आफूहरुले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएर मुख्यमन्त्री दाबी गर्दा पनि जालझेल हुन लागेको उनको भनाइ छ ।
पृथ्वी सुब्बा गुरुङले पनि आज जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षको प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास छः मुख्यमन्त्री लामा
-
कप्तान जितेश र विराट चम्किएपछि लखनउविरुद्ध बैंग्लुरुको शानदार जित
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट