गण्डकी प्रदेश : विपक्षी गठबन्धन प्रदेश प्रमुखलाई भेट्न पुगे
गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्र सहित फेरि मुख्यमन्त्रीमा दावी गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखकोमा पुगेका छन् । विपक्षी गठबन्धनमा रहेका ३१ सांसद सशरीर प्रदेश प्रमुखलाई भेट्न पुगेको माओवादी केन्द्रका सांसद दीपक कोइरालाले जनकारी दिए । विपक्षी गठबन्धनले नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै ३१ सांसदसहित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।
प्रदेशमा पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि हिजो मात्रै प्रदेश प्रमुख सीता कुमारी पौडेलले आह्वान गरेकी थिइन् ।
जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् ।
विपक्षी गठबन्धनका तर्फबाट काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षर सशरीर शुक्रबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
