बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश : विपक्षी गठबन्धन प्रदेश प्रमुखलाई भेट्न पुगे

शनिबार, २९ जेठ २०७८, १६ : १६
शनिबार, २९ जेठ २०७८

गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्र सहित फेरि मुख्यमन्त्रीमा दावी गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखकोमा पुगेका छन् । विपक्षी गठबन्धनमा रहेका ३१ सांसद सशरीर प्रदेश प्रमुखलाई भेट्न पुगेको माओवादी केन्द्रका सांसद दीपक कोइरालाले जनकारी दिए । विपक्षी गठबन्धनले नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै ३१ सांसदसहित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।

​प्रदेशमा पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि हिजो मात्रै प्रदेश प्रमुख सीता कुमारी पौडेलले आह्वान गरेकी थिइन् ।

जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् ।

विपक्षी गठबन्धनका तर्फबाट काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षर सशरीर शुक्रबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप