बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अग्नि खरेलले खोजे संवैधानिक इजलास गठनको आधार

आइतबार, २३ जेठ २०७८, १३ : २१
आइतबार, २३ जेठ २०७८

पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटविरुद्धको रिटमाथि सुनुवाइका लागि इजलास के आधारमा गठन गरियो भन्दै प्रश्न गरेका छन् । ‘यो इजलास गठनको आधार के हो ? इजलास गठन गर्ने पुरानो ट्रेन्ड गलत थियो ? अहिले नयाँ ट्रेन्ड बनाइएको हो ?,’ उनको प्रश्न थियो । यसअघि महान्यायाधिवक्ता रमेश बडाल र अधिवक्ता सुशील पन्तले पनि इजलास गठनबारे प्रश्न गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए । संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई छानेका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप