शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाललाई प्रदीप नेपालको सुझाव- राजीनामा नदिनुस् अप्ठ्यारो पर्ला

आइतबार, २६ वैशाख २०७८, २० : ४८
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । एमाले नेता प्रदीप नेपालले माधव नेपाल पक्षलाई राजीनामा दिन हतार नगर्न सुझाव दिएका छन् । उनले हतारमा राजीनामा दिएपछि अफ्ठ्यारो पर्ने चेतावनी पनि दिएका छन् ।  पछिल्लो समय एमालेमा निष्क्रिय जस्तै रहेका नेपालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राजीनामा गर्न नहतारिनुस् है,भोलि चुनाव लड्ने हो भने अप्ठेरो पर्न सक्छ।’

आजै नेपाल समूहको बैठकले केपी ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको । त्यतिबेलासम्म पनि आफूहरुको माग पूरा नभए राजीनामा दिनेसम्मको तयारी नेपाल समूहका सांसदको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप