माधव समूहले दियो ओलीलाई सोमबार ९ बजेसम्मको अल्टिमेटम
काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन अन्तिम मौका दिएको छ ।
आइतबार सिंहदरबारमा बसेको सो समुहको बैठकले यस्तो निर्णय गरेको हो । ‘फागुन २३ को फैसला अनुसार एमाले स्वत २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत अवस्थामा फर्कनुपर्छ भन्ने हो । हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौ र सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिवद्धता खोजेका छौ त्यसका लागि भोलि विहान नौ बजेसम्मको समय दिएका छौ’, बैठकपछि नेता योगेश भट्टराइले जानकारी दिए ।
उनले ओलीले भोली विहान नौ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे भोली नै बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने बताए । उनले ओलीले जेठ २ मा फर्कने प्रतिवद्धता जनाए आफुहरु बैशाख २७ बस्ने संसद बैठकमा सहभागी हुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेटमा लुम्बिनीको निजी क्षेत्र के चाहन्छ ?
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
-
स्थानीय, पश्चिमी र बङ्गालबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
महाकालीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक