माधव नेपालसँगको भेटेपछि नेम्वाङले भने, 'उहाँलाई पनि राजीनामाबारे थाहा भएजस्तो लागेन !'
काठमाडौं । सांसदहरुको सामुहिक राजीनामा रोक्नेबारे एमालेका दुई पक्षका तीन नेताबीच भएको छलफल बिनानिष्कर्ष सकिएको छ । सिंहदरबारमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेलबीच छलफल भएको हो ।
नेता नेपालसँग झण्डै आधा घण्टा छलफल गरेर पौडेल र नेम्वाङ बाहिरिएका छन् भने नेता नोपालले आफू पक्षीय सांसदहरुसँग छलफल सुरु गरेका छन् । नेता नेपालसँग छलफलपछि नेम्वाङले खुलस्त कुराकानी भएको बताए । ‘पार्टी अध्यक्षको चिन्ता र सरोकारका कुरा, सम्पूर्ण पार्टीका सरोकारका कुरा राख्यौ । उहाँले पनि खुलस्त सुनाउनुभयो । हामी ति कुरा प्रधानमन्त्री तथा पार्टी अध्यक्षसमक्ष पुर्याउँछौँ,’ नेम्वाङले सञ्चारकर्मीसँग भने, ‘मिलेर जानुपर्छ भन्नेमा विवाद छैन, तर कसरी टुंगोमा पुर्याउने भन्ने हामी सबैको चिन्ता हो । यही सन्दर्भमा छलफल गरेर टुंगोमा पुर्याउन फेरि पनि भेटघाट गर्ने कुराकानी भएको छ ।’
उनले बेलुका वा भोलि बिहानसम्म कुराकानी हुनसक्ने बताए । सांसदहरुको सामुहिक राजीनामाबारे आफुले नेता नेपालसँग पनि प्रसंग उठाएपनि उहाँले त्यसबारे थाहा पाए जस्तो नगरेको बताए । ‘जहाँसम्म राजीनामा को कुरा छ त्यो चर्चा हो । हामीले भेटमा यो प्रसंग उठाएका थियौ, तर उहाँले पनि थाहा पाएजस्तो गर्नुभएन’, नेम्वाङको जवाफ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण