बेपत्ता प्रकरणमा खिमविक्रमले भने– पार्टी निर्णयप्रति प्रतिबद्ध छु
बिहीबार, १६ वैशाख २०७८, १४ : ३४

पोखरा । गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रतिक्रिया जनाएका छन् । बुधबार गण्डकी प्रदेशसभा बैठकमा नआएर एकाएक चर्चामा रहेका राष्ट्रिय जनमोर्चाका सांसद शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको र हाल अस्पतालमा उपचाररत रहेको प्रष्टीकरण दिएका छन् ।
यो पनि
उनले बिहीबार प्रेस नोट जारी गर्दै भनेका छन्, ‘म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा बेहोस भएछु ।’
उनले समाचार र सामाजिक सञ्जालमा भ्रामक प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगर्न पनि सबैमा आग्रह गरेका छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित