बेपत्ता प्रकरणमा खिमविक्रमले भने– पार्टी निर्णयप्रति प्रतिबद्ध छु
बिहीबार, १६ वैशाख २०७८, १४ : ३४
पोखरा । गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रतिक्रिया जनाएका छन् । बुधबार गण्डकी प्रदेशसभा बैठकमा नआएर एकाएक चर्चामा रहेका राष्ट्रिय जनमोर्चाका सांसद शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको र हाल अस्पतालमा उपचाररत रहेको प्रष्टीकरण दिएका छन् ।
यो पनि
उनले बिहीबार प्रेस नोट जारी गर्दै भनेका छन्, ‘म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा बेहोस भएछु ।’
उनले समाचार र सामाजिक सञ्जालमा भ्रामक प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगर्न पनि सबैमा आग्रह गरेका छन् ।
यो पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

