शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा यातायात बन्द गर्ने निर्णय

सोमबार, १३ वैशाख २०७८, १५ : ३५
सोमबार, १३ वैशाख २०७८

काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए । 

यो निर्णय वैशाख १६ गतेदेखि लागू हुनेछ । कोरोनाभाइरसको संक्रमण बढेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । 

 


 

यस्तै रेस्टुरेन्टहरुबाट टेक अवेको सुविधा दिने तथा ग्रोसरीबाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ । 

यो पनि...

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप