पूर्वराजा ज्ञानेन्द्र दम्पति अस्पताल भर्ना
शनिबार, ११ वैशाख २०७८, १३ : ३२
![पूर्वराजा ज्ञानेन्द्र दम्पति अस्पताल भर्ना](https://rpcdn.ratopati.com/media/albums/gyanendra-shah_yhTuDLKVbv_szU4tLolAB.jpg)
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पति अस्पताल भर्ना भएका छन् । कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।
पूर्वराजाका संवाद सचिव फणीन्द्र पाठकले स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना भएको रातोपाटीलाई जानकारी दिए । यस्तै पूर्वअधिराजकुमारी प्रेरणा पनि अस्पताल भर्ना भएकी छिन् । अस्पतालका अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।
यो पनि...
वैशाख ७ गते पूर्वराजा दम्पतिमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई प्रचण्डले सोधे– सामाजिक सञ्जाल नियमन विधेयकमा तपाईंहरु ओलीसँगै हो ?
-
ओली संगठित अपराधको मतियार हो : प्रचण्ड
-
मेरो नेतृत्वको सरकार ढलेपछि ग्रे लिष्टमा पर्ने खतरा बढ्यो : प्रचण्ड
-
रवि लामिछानेको बहस सकियो, आजै आदेश आउने
-
प्रधानमन्त्रीले बोल्दा पनि जनता हाँस्न थाले : प्रचण्ड
-
‘सरकारसँग जनता दुखी र बिचौलिया र स्वार्थ समूहहरू खुसी !’