नर्भिकले भन्यो–पूर्वराजा ज्ञानेन्द्रसहित ३ जनाको अवस्था स्थिर
शनिबार, ११ वैशाख २०७८, १३ : ५५
पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका ३ जना नर्भिक अस्पताल भर्ना भएका छन् । उनीहरु शनिबार दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।
अस्पतालका अनुसार अस्पताल भर्ना हुनेमा पूर्वराजा ज्ञानेन्द्र सहित पूर्वरानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा रहेका छन् ।
‘कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ’, अस्पतालले भनेको छ, ‘उहाँहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।’
केही दिनअघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको सम्बोधन : ओलीको आलोचना, देउवालाई ढाडस, साना दललाई सान्त्वना
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
-
वर्षमान पुनको माग देउवाको गृह जिल्लामा पुल बनाइदिनुहाेस्
-
रवि रिहा हुने भएपछि खुसीयालीमा भाले बोकेर पुगे समर्थक (तस्बिरहरु)
-
त्रिवि सिनेट बैठक राख्न माग गर्दै तीन स्ववियु सभापतिले बुझाए ध्यानाकर्षणपत्र
-
‘तपाईंको उपचार गर्ने डाक्टर शोषित छन्’ (भिडियोसहित)