बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण, निर्मलनिवासमै सेल्फ आइसोलेसनमा

मङ्गलबार, ०७ वैशाख २०७८, २१ : २०
मङ्गलबार, ०७ वैशाख २०७८

भारतको हरिद्वारमा कुम्भमेलामा स्नान गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहमा कोरोना पोजेटिभ देखिएको छ ।

भारतबाट फर्केपछि कोभिड-१९ पीसीआर जाँच गर्दा  दुबैमा कोरोना पोजेटिभ देखिएको पूर्वराजाका निजी सहयोगी फणि पाठकले बताए ।  

पाठकले भने ‘भारत भ्रमणबाट नेपाल फर्किबक्सेपछि कोभिड पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएकाले निर्मलनिवासमा सेल्फ आइसोलेसनमा राज होइबक्सेको छ  ।’

भारतमा कोरोनाको जोखिम दिनानुदिन बढिरहेको छ । पूर्वराजपरिवार पनि धार्मिक समारोहमा सरिक हुने क्रममा ठूलो भीडभाडमा सहभागी भएका थिए ।

निर्मल निवास स्रोतका अनुसार यसबीचमा पूर्व राजपरिवारको साथमा रहेका अरुको पनि पीसीआर जाँच गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप