भारतबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण, निर्मलनिवासमै सेल्फ आइसोलेसनमा
मङ्गलबार, ०७ वैशाख २०७८, २१ : २०
भारतको हरिद्वारमा कुम्भमेलामा स्नान गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहमा कोरोना पोजेटिभ देखिएको छ ।
भारतबाट फर्केपछि कोभिड-१९ पीसीआर जाँच गर्दा दुबैमा कोरोना पोजेटिभ देखिएको पूर्वराजाका निजी सहयोगी फणि पाठकले बताए ।
पाठकले भने ‘भारत भ्रमणबाट नेपाल फर्किबक्सेपछि कोभिड पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएकाले निर्मलनिवासमा सेल्फ आइसोलेसनमा राज होइबक्सेको छ ।’
भारतमा कोरोनाको जोखिम दिनानुदिन बढिरहेको छ । पूर्वराजपरिवार पनि धार्मिक समारोहमा सरिक हुने क्रममा ठूलो भीडभाडमा सहभागी भएका थिए ।
निर्मल निवास स्रोतका अनुसार यसबीचमा पूर्व राजपरिवारको साथमा रहेका अरुको पनि पीसीआर जाँच गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण