ओलीसँग वार्ताको भोलिपल्ट नेपालसहितका १५ नेताले भने–पार्टी विभाजनको डिलमा पुग्यो (अपीलसहित)
नेकपा एमालेको माधव कुमार नेपाल समूहले पार्टी विभाजनको डिलमा पुगेको निष्कर्ष निकालेको छ । नेपालसहितका १५ नेताले बिहीबार संयुक्त अपील जारी गर्दै पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको उल्लेख गरेका छन्।
‘केपी ओलीका क्रियाकलापले पार्टीको विधान, परम्परा, सामान्य लोकतान्त्रिक मूल्यहरूको समेत धज्जी उडाएको छ । र, सयौँ सहिद, लाखौँ पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरूको भावनामाथि खेलबाड गरेको छ । वैचारिकरुपमा समेत उहाँ कम्युनिष्ट आन्दोलन र इतिहासको वैज्ञानिक चेतना, श्रमजीवी वर्गका हितबाट झन् झन् टाढा पुग्दै हुुनुहुन्छ’, अपीलमा भनिएको छ, ‘ नेकपा एमालेको एकता बचाउन र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न हामीले लिएको पहलकदमीका विरुद्ध शत्रुवत आक्रमण गर्दै हुनुहुन्छ, पार्टीका नेता तथा सांसदहरूमाथि तथाकथित स्पष्टिकरण र कार्यवाहीको नाटक गरिँदै छ । यसरी तीन वर्ष अगाडि राष्ट्रिय तथा अन्तरराष्ट्रि प्रतिष्ठाका साथ उपलब्धीको एकपछि अर्को मानक बनाउँदै अगाडि बढेको यो पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको छ ।’
बुधबार राति ओली र नेपालबीच वार्ता भएको थियो भने बिहीबार पनि वार्ता हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव
-
कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवाद समाधान गर्न उर्जामन्त्रीको निर्देशन
-
यस्तो छ ‘माइतीघर’ मा ‘माग्ने बुढा’ को लुक्स
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
राप्रपा अध्यक्ष लिङ्देनलाई प्रश्न : तपाईं संविधान मान्नु हुन्छ ?
-
कर्मकाण्डी नीति तथा कार्यक्रममाथिको बहस, सुन्ने कोही छैन (तस्बिरहरू)