खनाल–नेपाल पक्षले मुख खोल्यो– जेठ २ गतेको बिन्दुबाट पार्टी जीवन आरम्भ गर्नुपर्छ

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल पक्षले केपी शर्मा ओलीकै कारण पार्टी विभाजन र विघटनको दिशामा पुगेको आरोप लगाएको छ ।
सो पक्षका १५ नेताले बिहीबार संयुक्त अपिल जारी गर्दै कम्युनिष्ट पार्टीका लागि सही वैचारिक तथा सैद्धान्तिक दिशा र त्यसलाई लागू गर्न सक्ने सङ्गठन नै सर्वोपरी रहेको भन्दै पार्टी अध्यक्षका कारण ती दुबै सङ्कटग्रस्त रहेको टिप्पणी गरेका छ ।
‘कमरेड केपी ओलीले हाम्रो पार्टी नेकपा एमालेलार्ई जुन दिशामा लैजाँदै हुनुहुन्छ, त्यो पार्टीको विभाजन र विघटनको दिशा र अन्त्यतः कम्युनिष्ट आन्दोलनकै विसर्जनको दिशा हो,’ अपिलमा भनिएको छ, ‘यसरी पार्टी अध्यक्षका गलत वैचारिक तथा सैद्धान्तिक दिशा र उहाँको व्यक्तिवादी अहङ्कारका विरुद्ध उभिनु र त्यसको सामना गर्नु र पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनु हरेक पार्टी सदस्य, शुभचिन्तक र समर्थकको ऐतिहासिक कर्तव्य हुन गएको छ ।’
आफूहरुले चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पार्टीको एकता र कम्युुनिष्ट आन्दोलनको रक्षाका लागि सङ्गठित अभियान सुरु गरेको उनीहरुको दावी छ । ‘पार्टी अध्यक्षसँग अनेकौँ विषयमा हाम्रा असहमति छन् र हामीसँग उहाँका पनि अनेक असहमति हुन सक्छन्, जसका बारेमा पार्टी केन्द्रिय कमिटीको विधिवत बैठकबाट समाधान गर्न सकिन्छ,’ अपिलमा भनिएको छ, ‘त्यसका लागि २०७५ जेठ २ गतेको बिन्दुबाट पार्टी जीवन आरम्भ गर्नुपर्छ भन्ने हाम्रो माग हो, दावी हो ।’
यति सामान्य र न्यूनतम प्रस्तावलाई पनि स्वीकार गरिँदैन भने ओली नै पार्टी विभाजनतर्फ लागेकोे तथ्य प्रमाणित हुने उनीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टायल्समा उत्पादनमा नयाँ मापदण्ड ल्याउँदै सरकार, कसरी चिन्ने गुणस्तरीय उत्पादन ?
-
एनआरएनएको मुद्दा पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश, अब के हुन्छ ?
-
बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ
-
प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने
-
पूँजी वृद्धिका लागि २ वर्ष समय थप गर्न स्टक ब्रोकर एसोसिएसनको माग
-
उदयपुरमा खोलाले बस बगायो, मानवीय क्षति भने भएन