माधव नेपालसहितका १५ नेता भन्छन्, ‘हामी पार्टी एकता जोगाउन चाहन्छौँ’
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका १५ जना नेताले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजनको दिशामा लगेको भन्दै आफूहरु आफुहरुले त्यसलाई रोक्ने विभाजनबाट रोक्न चाहेको बताएका छन् ।
पार्टी स्थापना दिवसका अवसरमा माधव नेपाल, झलनाथ खनालसहितका १५ नेताहरुले सामुहिक रुपमा अपिल जारी गर्दै अध्यक्ष केपी ओलीले नेकपा एमालेलार्ई विभाजन, विघटन हुदै कम्युनिष्ट आन्दोलनकै विसर्जनतिर लगेकाले त्यसको सामना गर्दै पार्टी एकताको पक्षमा उभिएको दावी गरेका हुन् ।
‘यसरी पार्टी अध्यक्षका गलत वैचारिक तथा सैद्धान्तिक दिशा र उहाँको व्यक्तिवादी अहङ्कारका विरुद्ध उभिनु र त्यसको सामना गर्नु र पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनु हरेक पार्टी सदस्य, शुभचिन्तक र समर्थकको ऐतिहासिक कर्तव्य हुन गएको छ’, १५ नेताको अपीलमा भनिएको छ, ‘हामीले चैत्र ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पार्टीको एकता र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि सङ्गठित अभियान शुरु गरेका छौँ । पार्टी अध्यक्षसँग अनेकौँ विषयमा हाम्रा असहमति छन् र हामीसँग उहाँका पनि अनेक असहमति हुन सक्छन् । जसका बारेमा पार्टी केन्द्रिय कमिटीको विधिवत बैठकबाट समाधान गर्न सकिन्छ । त्यसका लागि २०७५ जेष्ठ २ गतेको बिन्दुबाट पार्टी जीवन आरम्भ गर्नुपर्छ भन्ने हाम्रो माग हो, दावी हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण