शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्नातकोत्तर पढेकी सांसदले भोट हाल्दा गल्ती गरेपछि....

शुक्रबार, ०३ वैशाख २०७८, १८ : २४
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । कर्णाली प्रदेशकी एमाले सांसद देवी ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरिन् । सभामुख राजबहादुर शाहीले मत सच्याउन चाहने सांसद तीन मिनेट समय दिएका थिए ।

सभामुखले दिएको समयभित्रै सांसद ओलीले आफ्नो मत सच्याइन् । उनले शाहीको पक्षमा दिएको मत फिर्ता नलिएको भए मुख्यमन्त्रीको पक्षमा २३ मत पुग्ने थियो । उनले फिर्ता लिएपछि शाहीको पक्षमा खसेको मत संख्या २२ मा सीमित रह्यो ।


एमाले सांसद प्रकाश ज्वालासहित चार सांसदले ह्वीप उल्लंघन गरेपछि पार्टीले उनीहरुलाई कारबाही गर्ने निश्चित देखिएको छ । 

देवी माधव नेपाल पक्षकी सांसद हुन् । मतदानका क्रममा गल्ती गरेर सच्याउने ओलीले  शिक्षाशास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप