शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सांसदले फ्लोर क्रस गर्दा कर्णालीमा शाही सरकार जोगियो

मुख्यमन्त्री शाहीको पक्षमा २२ मत, विपक्षमा १५ मत
शुक्रबार, ०३ वैशाख २०७८, १७ : १९
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।

शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसद उभिएका हुन् । प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिए । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् । 

काँग्रेस र माओवादीसँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो । तर आश्चर्यजनक ढंगले एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै माओवादीको सरकारलाई जोगाइदिएका छन् ।

यसअघि एमाले संसदीय दलका नेता यामलाल कँडेलले ह्वीप जारी गर्दै आफ्ना सांसदहरुलाई मुख्य मन्त्री शाहीको विपक्षमा  मतदान गर्न निर्देशन दिएका थिए । तर, माधव नेपाल पक्षमा रहेका ४ सांसदले ह्वीप उल्लघंन गर्दै शाही सरकार जोगाइदिएका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप