विश्वासको मत शाहीले पाएपछि यामलालले भने–राजनीतिक अपराध भयो
कर्णाली प्रदेशका एमाले संसदीय दलका नेता यामलाल कँडेल फ्लोर क्रस गर्ने सांसदहरुप्रति आक्रोशित बनेका छन् । उनले पार्टीका सांसदहरुबाट राजनीतिक अपराध गर्ने काम भएको प्रतिक्रिया दिए । उनले यस्तो क्रियाकलाप जिम्मेवार व्यक्तिहरुबाट हुने आफूले नसोचेको बताए । ‘पार्टीका माननीय साथीहरूबाट गलत हर्कत भयो । यो राजनीतिक अपराध हो । हामी अब बिधानअनुसार चल्नेछौँ’, उनले प्रतिक्रिया दिए ।
फ्लाेर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्न कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बसेको छ । कर्णाली प्रदेशसभा बैठक सकिए लगत्तै एमालेको बैठक बसेको हो ।
एमालेका चार सांसदहरुले‘ फ्लोर क्रस गरेका थिए । फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा छन् । सांसद देवि ओलीले भने शाहीकाे पक्षमा मतदान गरे पनि आफ्नो मत सच्याएकी थिइन् । उनलाई पनि कारवाही गर्ने तयारी गरिएकाे छ ।
एमाले सांसदहरुले फ्लोर क्रस गर्दा शाही सरकार जोगिएको छ भने कँडेलको भावी मुख्यमन्त्री बन्ने सपना चकनाचुर बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण