बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी छाडेका नेतालाई एमालेमा टिक्न कति सहज ?

नेतृत्वले त पत्यायो, कार्यकर्ताले के गर्लान् ?
शुक्रबार, २० चैत २०७७, ०७ : ५६
शुक्रबार, २० चैत २०७७

काठमाडौं । सर्वोच्च अदालतले फागुन २३ गते नेकपा विवादबारे फैसला सुनाउँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काए पनि सरकारमा रहेका रामबहादुर थापा बादलसहितका माओवादीका केही नेताहरु एमालेमा प्रवेश गरे ।

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पनि महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनीहरुमध्ये बादल, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायत २० भन्दा बढीलाई विधान संशोधन गरेर एकैसाथ एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।

 


माओवादी केन्द्र परित्याग गर्दै एमालेमा प्रवेश गरेकाहरुका लागि अब एमालेभित्र राजनीतिक धरातल कति फराकिलो होला भन्नेबारे आम चासो देखिन्छ । पूर्वएमाले नेताहरुमै आपसी किचलो रहेका बेला नवप्रवेशीहरुको राजनीतिक भविष्यमाथि चिन्ता जाग्नु अस्वाभाविक पनि होइन ।

एमालेका कतिपय नेता–कार्यकर्ता अझै पनि पूर्वमाओवादी पृष्ठभूमिका नेतालाई आफ्ना नेताका रुपमा स्वीकार गर्न नसकिरहेको अवस्था छ । त्यसैले रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत पूर्वमाओवादी पृष्ठभूमिका समेत २३ नेतालाई एमालेभित्र आफूलाई स्थापित गर्न निकै चुनौतीपूर्ण हुने देखिन्छ ।

एकातिर पार्टीमा लामो राजनीतिक जीवन बिताएका र नेतृत्व तहमै रहेर पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे जस्ता नेताहरुलाई पाखा लगाइएको छ भने अर्कोतिर भर्खरै पार्टीमा प्रवेश गरेका पूर्वमाओवादीहरुलाई संगठनमा विभिन्न जिम्मेवारी दिइएको अवस्था छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पूर्वमाओवादी केन्द्रका नेताहरुलाई एमालेमा भित्र्याएर सरकार र पार्टीको महत्वपूर्ण जिम्मेवारीमा राखेका छन् । यसअर्थमा उनीहरु तत्कालका लागि पार्टी नेतृत्वको प्रिय बनेको मान्नुपर्छ । तर, कार्यकर्तापंक्तिले उनीहरुलाई कत्तिको प्रिय मानिरहेको छ भन्ने पनि महत्वपूर्ण प्रश्न हो ।

पार्टी प्रवेशका क्रममा नेतृत्वले आपसी सहमतिमा पार्टीभित्र जिम्मेवारी दिए पनि अब नवप्रवेशीहरुले चाँडै नै एमाले कार्यकर्ताको विश्वास जित्नुपर्ने हुन्छ । आगामी वर्ष पार्टीको महाधिवेशन हुने तय भइसकेका कारण पनि पूर्वमाओवादी केन्द्रबाट एमालेमा गएका नेताहरुले आफूलाई कार्यकर्ताहरूको समर्थनबाट मात्र पार्टीभित्र स्थापित गर्न सक्छन् । उनीहरुले सधैँभरि पार्टी नेतृत्वको कृपाबाट मात्रै जिम्मेवारी पाइरहन्छन् भन्ने ग्यारेन्टी रहँदैन ।

 


एमालेका कतिपय नेता–कार्यकर्ता अझै पनि पूर्वमाओवादी पृष्ठभूमिका नेतालाई आफ्ना नेताका रुपमा स्वीकार गर्न नसकिरहेको अवस्था छ । त्यसैले रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत पूर्वमाओवादी पृष्ठभूमिका समेत २३ नेतालाई एमालेभित्र आफूलाई स्थापित गर्न निकै चुनौतीपूर्ण हुने देखिन्छ ।

यसरी मनोनित हुनेमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङबोहाङ (लिम्बु), पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलम्पाकी, कमल चौलागाइँ, मनोजजंग थापा, विषमलाल अधिकारी दनुवार, लीलबहादुर थापा मगर, दधिराम न्यौपाने, गिरधारीलाल न्यौपाने, दिनेश पन्थी, नवीन रोका मगर, धर्मराज रेग्मी, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा, चन्द्रबहादुर खड्का र रामचन्द्र मण्डल छन् ।

यीमध्ये रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह सरकारमा समेत सामेल छन् । थापालाई बागमती प्रदेश इन्चार्ज र भट्टलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारीसमेत दिइएको छ । यस्तै साहलाई प्रदेश २ पार्टी कमिटीको अध्यक्ष बनाइएको छ ।


नवप्रवेशीहरु कार्यकर्तापंक्तिमा अपरिचित

प्रदेश २ का एमाले प्रदेश कमिटी सदस्य शम्भु साह माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेकाहरूलाई पार्टीका कार्यकर्ताले अहिलेसम्म नचिनेको बताउँछन् । ‘निष्ठावान र इमानदार एमालेका कार्यकर्ताले नवप्रवेशीहरुलाई चिनेकै छैनन्,’ रातोपाटीसँग साहले भने, ‘चरित्रहीन, दाग लागेका मान्छे एमालेमा आएका छन् । तिनले माओवादीबाट राजीनामा पनि दिएका छैनन्, उनीहरुलाई माओवादीले कारवाही पनि गरेको छैन । पहिला त राजीनामा दिनुपर्याे यो, राजीनामा स्वीकृत हुनु पर्याे । माओवादीको छाप हटाउनु पर्याे ।’

एमालेको भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य रवि मिश्र भने माओवादी पृष्ठभूमिबाट एमालेमा आएकाहरुले एमालेको सिद्धान्तलाई स्वीकार गरेको खण्डमा नेता मान्न आफूहरुलाई कुनै अप्ठ्यारो नहुने बताउँछन् ।

त्यति नगरेसम्म उनीहरु एमालेका नेता हुन बताउँदै साहले भने, ‘हामी अहिलेको अवस्थामा उनीहरुलाई नेता मान्न सक्दैनौं ।’

यदि प्रक्रिया पु¥याएर एमाले एक भएको अवस्थामा पार्टी परिचालन गर्ने कुरामा पार्टी निर्णयअनुसार अगाडि बढ्न आफूहरुलाई कुनै समस्या नहुने एमाले नेता साहको भनाइ छ । तर, अहिले नै उनीहरुलाई एमालेका कार्यकर्ताले नेता मान्ने अवस्था नरहने उनले प्रष्ट पारे ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य रवि मिश्र भने माओवादी पृष्ठभूमिबाट एमालेमा आएकाहरुले एमालेको सिद्धान्तलाई स्वीकार गरेको खण्डमा नेता मान्न आफूहरुलाई कुनै अप्ठ्यारो नहुने बताउँछन् ।

नेकपा एमाले कैलालीका सचिव विमलकुमार जोशी एमालेमा नवआगन्तुकलाई स्वीकार गर्न कार्यकर्तापंक्तिलाई निकै कठिन भइरहेको बताउँछन् । उनी पार्टीभित्र शक्ति–संघर्ष बढेपछि एउटा गुटले लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश कमिटीको इञ्चार्जमा नियुक्त गरेको तर्क गर्छन् ।

‘उहाँहरुलाई नेता मान्न हामीलाई कुनै समस्या छैन । नेताभन्दा पनि सिद्धान्त ठूलो कुरा हो,’ उनले भने, ‘उहाँहरुले जबज स्वीकार गरेर आएको खण्डमा कुनै समस्या पर्दैन । तर, उहाँहरुले जबजलाई स्वीकार गर्नुप¥यो, त्यसलाई फलो गर्नुपर्‍यो ।’

सुदूरपश्चिममा भीम रावल कि लेखराज भट्ट ?

नेकपा एमाले कैलालीका सचिव विमलकुमार जोशी एमालेमा नवआगन्तुकलाई स्वीकार गर्न कार्यकर्तापंक्तिलाई निकै कठिन भइरहेको बताउँछन् । उनी पार्टीभित्र शक्ति–संघर्ष बढेपछि एउटा गुटले लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश कमिटीको इञ्चार्जमा नियुक्त गरेको तर्क गर्छन् ।

नेकपा विवादबारे सर्वोच्चको फैसला पश्चात् एमाले पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि नवौं महाधिवेशनबाट जितेका पदाधिकारी नै पार्टीका वैधानिक पात्र हुने उनले बताए । यस आधारमा भीम रावल अहिले पनि एमालेको उपाध्यक्ष रहेको उनको तर्क छ ।

 


सर्वोच्च अदालतको आदेशअनुसार पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको, तर त्यतिबेला अर्कै पार्टीमा रहेका व्यक्तिलाई अहिले पार्टीमा भित्र्याएर त्योबेलाका पदाधिकारीमाथि कारवाही गर्नु विधिसम्मत् र विधानसम्मत् नभएको उनले बताए । अहिले शक्ति संघर्षका कारण पार्टीभित्र एउटा पक्षले त्यस्ता नेतालाई स्थान दिएको भए पनि आगामी दिनमा कार्यकर्ताबाट चुनिनुपर्ने अवस्था आउनासाथ कार्यकर्ता पंक्तिबाट उनीहरु आफै तिरस्कृत हुँदै जाने जोशीको भनाइ छ ।

शक्ति छ भन्दैमा शक्तिको आडमा जसले जे पनि गर्न नपाइने जोशी बताउँछन् । ‘पार्टीको विधान छ, विधान विपरीत सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज नियुक्त गरेपछि हामीजस्ता एमालेका थुप्रै नेता–कार्यकर्ता दुःखी छौं ।’ पार्टीको साधारण सदस्यसमेत नरहेको र पार्टीका कार्यकर्तासँग भावनात्मक सम्बन्ध नै नभएको व्यक्तिलाई नेतृत्वले टपक्क टिपेर जिम्मेवारी दिनु आम कार्यकर्ताका लागि अपमानको विषय भएको उनले बताए ।

‘पार्टीको विधान, प्रकृया सबैले मान्ने हो, एउटा गुटले पावरका आधारमा मनोमानी तरिकाले इञ्चार्ज बनाउनु त्यसै पनि गलत छ,’ उनले भने, ‘अनि उनलाई पार्टीको महाधिवेशनमा कसले पत्याउँछ र ?’ सुदूरपश्चिममा एमाले कार्यकर्ताका निम्ति भीम रावल पराइ र लेखराज भट्ट आफन्त कहिल्यै हुन नसक्ने उनले बताए ।

नेकपा एमाले कैलालीका अर्का नेता दीर्घराज जोशी नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतापश्चात बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वैधानिकता नपाएसँगै दुबै दल साविककै अवस्थामा फर्किएकाले सम्बन्धित पार्टीका कमिटीहरु पनि साविककै अवस्थामा फर्किएको बताउँछन् ।

‘एमालेमा शक्ति–संघर्ष हिजो पनि थियो, अहिले पनि छ,’ उनले भने, ‘अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा लगिसकेपछि पार्टीको नवौं महाधिवेशनबाट चुनिएका पदाधिकारी नै पार्टीका आधिकारिक नेता हुन् ।’

शक्ति छ भन्दैमा शक्तिको आडमा जसले जे पनि गर्न नपाइने जोशी बताउँछन् । ‘पार्टीको विधान छ, विधान विपरीत सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज नियुक्त गरेपछि हामीजस्ता एमालेका थुप्रै नेता–कार्यकर्ता दुःखी छौं ।’

पार्टीको साधारण सदस्यसमेत नरहेको र पार्टीका कार्यकर्तासँग भावनात्मक सम्बन्ध नै नभएको व्यक्तिलाई नेतृत्वले टपक्क टिपेर जिम्मेवारी दिनु आम कार्यकर्ताका लागि अपमानको विषय भएको उनले बताए । ‘यस्तो अवस्थामा अहिले कार्यकर्ताले केही गर्न सक्ने अवस्था त छैन, तर महाधिवेशन, निर्वाचनजस्ता अवसरमा भने एमाले कार्यकर्ताले यसको छिनोफानो गर्नेछन्,’ उनले भने, ‘लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशका एमाले कार्यकर्ताले कसरी आफ्नो नेता मान्न सक्छन् ? जनता र कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने समय आएपछि त्यस्ता नेता आफैं पाखा लाग्छन् ।’

२०७५ जेठ २ को स्थानमा पार्टी पुगिसकेपछि कसरी लेखराज भट्टलाई इञ्चार्ज बनाइयो भन्ने प्रश्न गर्दै जोशीले भने, ‘पार्टीमा वर्षौंदेखि त्याग, बलिदान गरेका नेता अरु थिएनन् ? पूर्वमाओवादी नेताहरुले एमालेमा प्रवेश पाउनु ठिकै होला, यो स्वागतयोग्य पनि हो । तर, पार्टीको नीति, विधान विपरीत बैठक नै नबसी उनलाई इञ्चार्ज बनाइएको छ, यसमा कोही नेता तथा कार्यकर्ता खुशी छैनन् ।’

‘नेकपा एमालेको एउटा सिस्टम छ । नेतृत्वले दिएको निर्देशनलाई अनुशासित ढंगबाट पालना गर्नु नेकपा एमालेको संस्कार भएकै कारण बादलको योगदान र क्षमताका आधारमा एमालेको नेतृत्वले गृहमन्त्री बादललाई बागमती प्रदेशको इञ्चार्जका रुपमा अघि सारेको हो,’ थपलियाले भने ।

‘सबैलाई एउटै तराजुमा राख्न मिल्दैन’

पार्टीमा प्रवेश गरिसकेपछि कसैलाई पनि विगतका आधारमा ट्याग लगाउन नहुने चितवनमा अगुवा कार्यकर्ता बताउँछन् । नेकपा एमाले चितवनका नेता जेएन थपलियाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई उदाहरणका रुपमा चित्रण गर्दै उनी नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका नेता रहेको बताए ।

‘नेकपा एमालेको एउटा सिस्टम छ । नेतृत्वले दिएको निर्देशनलाई अनुशासित ढंगबाट पालना गर्नु नेकपा एमालेको संस्कार भएकै कारण बादलको योगदान र क्षमताका आधारमा एमालेको नेतृत्वले गृहमन्त्री बादललाई बागमती प्रदेशको इञ्चार्जका रुपमा अघि सारेको हो,’ थपलियाले भने ।

नेकपा एमालेका कार्यकर्ताहरुले त्यसलाई सरलरुपमा स्वीकार गर्ने उनले बताए । आगामी महाधिवेशन एकताको महाधिवेशन हुने भएकाले नेतृत्वको निर्देशनअनुसार सबैलाई स–सम्मान स्थानमा राखेर एकताको डोरी बलियो बनाइने उनले बताए ।

नेकपा एमालेका भरतपुर महानगरपालिका कमिटीका अध्यक्ष राम न्यौपाने पनि पार्टीको केन्द्रीय कमिटी बैठकले गृहमन्त्री बादललाई बागमती प्रदेश इञ्चार्ज बनाउने निर्णय गरेकाले त्यसलाई कार्यकर्ताले अन्यथा मान्न नहुने बताउँछन् ।

‘उहाँको सहज व्यवहार र संगठनप्रतिको लगावलाई रुचाएर नै पार्टीले जिम्मेवारी दिएको हुन सक्छ,’ उनले भने, ‘उहाँलाई त्यस पदमा स्वीकार गर्न हामीलाई कुनै समस्या छैन ।’

पार्टीको तल्लो तहका कार्यकर्ताहरूलाई नेताको कार्यशैलीमा केही समस्या देखिनु स्वाभाविक भए पनि गृहमन्त्री बादलको कार्यशैलीमा कार्यकर्ताको कुनै गुनासो नरहेको उनले बताए । गृहमन्त्री बादल पार्टीको आवश्यकता र परिस्थितिलाई बुझेर काम गर्ने नेता भएकाले छोटो समयमै सबै कार्यकर्ताको लोकप्रिय बन्न सफल भएको उनको दाबी छ ।

‘नेकपा एमाले र उहाँबीच सिद्धान्तका कुरामा केही विमति हुन सक्छ । तर, पनि गृहमन्त्री बादल अबको वैचारिक राजनीतिमा पनि खरो उत्रिन सक्ने नेता हो भन्ने तथ्यलाई पछिल्लो केही समयको सहकार्यले देखाइसकेको छ,’ न्यौपानेले रातोपाटीसँग भने ।

यी हुन् माओवादी पृष्ठभूमिका नवप्रवेशी

फागुन २८ गते बालुवाटारमा बसेको एमाले बैठकले कम्युनिस्ट आन्दोलन र पार्टीमा उत्पन्न संकटको घडीमा अविचलित र दृढतापूर्वक पार्टी एकताको पक्षमा रही सही विचार एवं सही नेतृत्वको प्रतिरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्ने नेकपा (माओवादी केन्द्र) पृष्ठभूमिबाट आएका सहित २३ जनालाई पार्टीको केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप