बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बल्खुमा सन्तोषीको हत्या आरोपमा श्रीमान पक्राउ

मङ्गलबार, ०३ चैत २०७७, २२ : ५८
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौं । काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा ३३ वर्षीय सन्तोषी श्रेष्ठको हत्या आरोपमा प्रहरीले उनको श्रीमानलाई पक्राउ गरेको छ । हत्या आरोपी सन्तोष सापकोटालाई कुलेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । सिंहले भने– ‘हत्या गरेको २४ घण्टा नबित्दै हामीले आरोपीलाई पक्राउ गरेका छौं ।’ 

सोमबार साँझ बोरामा पोको पारेको अवस्थामा सन्तोषीको शव फेला परेको थियो । पति सन्तोष सापकोटा उर्फ यज्ञकुमारले ह्यामरले हिर्काएर पत्नीको हत्या गरेको प्रहरीसँग स्वीकारेका छन् । लागुऔषध सेवन कर्ता समेत रहेका सन्तोष र पत्नीबीच पछिल्लो समय विवाद थियो । लकडाउन शुरु भएपछि उनी जोरपाटीस्थित माइतीघरमा बस्न थालेकी थिइन् । 

सोमबार सानेपास्थित सहकारीमा किस्ता तिर्न जाँदा उनी बल्खु स्थित घरमा छिरेकी थिइन् । आफ्ना बुवालाई फर्निचरको काम गर्न भक्तपुर पठाएर सन्तोषले योजनाबद्ध रुपमा पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

श्रीमतीको हत्यापछि उनको सिक्री, बाला र मुन्द्रा सन्तोषले निकालेका छन् । उनको साथबाट सुनका गहना र पत्नीले सहकारीमा तिर्न लगेको मध्ये ११ हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

यो पनि...

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप