काठमाडौंको बल्खुमा सन्तोषी श्रेष्ठको हत्या

काठमाडौं । काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा सन्तोषी श्रेष्ठ सापकोटाको हत्या भएको छ । सोमबार साँझ बल्खु पुल नजिकैको बस्तीमा हत्या गरेर बोरामा पोको पारेको अवस्थामा सन्तोषीको शव प्रहरीले बरामद गरेको हो ।
जोरपाटी माइती भएकी ३३ वर्षीय सन्तोषी परिवारसँग बल्खुमा बस्दै आएकी थिइन् ।
उनी बस्ने घरको पछाडि पेटीबाट शव बरामद गरिएको छ । ह्यामरले हिर्काएर उनको हत्या गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए । पति सन्तोष सापकोटासँग उनको पछिल्लो समय विवाद बढेको थियो । छिमेकीका अनुसार श्रीमानसँग उनले डिभोर्स मागेकी थिइन् ।
सन्तोषीका श्रीमान सन्तोष फरार छन् । सन्तोषका दम्पती, बुवा र कान्छो भाइ बल्खुमा बस्दै आएका छन् । उनीहरुले त्यहाँ काठ कारखाना पनि चलाएका छन् । बुवा भक्तपुरमा फर्निचर पुर्याउन गएको बेला दम्पतीबीच झगडा हुँदा सन्तोषले उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
-
६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता
-
नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण