काठमाडौंको बल्खुमा सन्तोषी श्रेष्ठको हत्या
काठमाडौं । काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा सन्तोषी श्रेष्ठ सापकोटाको हत्या भएको छ । सोमबार साँझ बल्खु पुल नजिकैको बस्तीमा हत्या गरेर बोरामा पोको पारेको अवस्थामा सन्तोषीको शव प्रहरीले बरामद गरेको हो ।
जोरपाटी माइती भएकी ३३ वर्षीय सन्तोषी परिवारसँग बल्खुमा बस्दै आएकी थिइन् ।
उनी बस्ने घरको पछाडि पेटीबाट शव बरामद गरिएको छ । ह्यामरले हिर्काएर उनको हत्या गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए । पति सन्तोष सापकोटासँग उनको पछिल्लो समय विवाद बढेको थियो । छिमेकीका अनुसार श्रीमानसँग उनले डिभोर्स मागेकी थिइन् ।
सन्तोषीका श्रीमान सन्तोष फरार छन् । सन्तोषका दम्पती, बुवा र कान्छो भाइ बल्खुमा बस्दै आएका छन् । उनीहरुले त्यहाँ काठ कारखाना पनि चलाएका छन् । बुवा भक्तपुरमा फर्निचर पुर्याउन गएको बेला दम्पतीबीच झगडा हुँदा सन्तोषले उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण