बल्खु हत्याकाण्ड : सहकारीको ऋण तिर्न जाँदा ह्यामरले हिर्काएर सन्तोषीको हत्या, पति फरार
काठमाडौं । काठमाडौंको बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा सोमबार साँझ बोरामा पोको पारेको अवस्थामा एक जनाको शव भेटियो । शव ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको थियो । सन्तोषीका देवर तेज बहादुर सापकोटाले घर पछाडी पेटीको बोराबाट रगत बगेको देखेपछि बल्खुको प्रहरी बिटमा खबर गरे । त्यसपछि घटनास्थलमा प्रहरी पुग्यो ।
प्रहरी घरमा पुगेर शवको मुचुल्का गर्न थाल्दा सन्तोषीका पति सन्तोष सापकोटा त्यहाँबाट भागिसकेका थिए । सापकोटा दम्पतीको बीचमा झगडा भइरहन्थ्यो । उनी जोरपाटी स्थित माइतीघरमा बस्थिन् । पतिसँग उनले डिभोर्स मागेकी थिइन् ।
सानेपामा रहेको एउटा सहकारीबाट लिएको ऋणको किस्ता बुझाउन भनेर उनी सोमबार ९ बजेतिर जोरपाटीबाट निस्केकी थिइन् । बल्खु स्थित घरमा उनको इहलिला समाप्त भयो, जोरपाटी फर्किन पाइनन् ।
टाउकोमा ह्यामर (ब्रेकर) ले हानेर उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्यामा पतिको संलग्नता रहेको आशंका गरिएको छ ।
‘टाउकोमा भारी वस्तुले हानेर हत्या गरेको देखिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले भने–‘मृतकका श्रीमान् शंकाको घेरामा छन् ।’
बल्खुमा सन्तोष सापकोटा परिवारसँग बस्थे । उनीहरुले त्यहाँ काठ कारखाना पनि चलाएका छन् । सन्तोषका बुवा भक्तपुरमा फर्निचर पु¥याउन गएको बेला दम्पती बीच झगडा हुँदा सन्तोषले उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
भाइ पनि गौशालामा गएका थिए । भाइ तेजबहादुर हार्डवेयर पसलमा काम गर्छन् । ‘मध्यान्ह १ देखि २ को बिचमा हत्या गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘बेडरुममा हत्या गरेपछि बोरामा प्याक गरेर घर पछाडी पेटीमा शव राखेको रहेछ ।’
उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । हत्याबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
