युरेनियम के हो ? कहाँ–कहाँ हुन्छ यसको प्रयोग

नेपालमा पहिलोपटक युरेनियम बरामद गरिएको छ । काठमाडौं महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले बिहीबार साढे २ किलो युरेनियम बरामद गरेको हो । आखिर के हो त युरेनियम ? धर्तीभित्र एउटा यस्तो चीज पाइन्छ, जो देख्नमा अत्यन्त सुन्दर, सफा र चमकदार छ र हावाको सम्पर्कमा आउनासाथ स्वयम् जल्छ । यसको नाम हो युरेनियम ।
रासायनिक रुपमा यसलाई अंग्रेजी ‘यू’ बाट दर्शाइन्छ र यसको परमाणुक्रमांक ९२ हुन्छ । यसलाई मेटल अफ होप नामले पनि चिनिन्छ । विश्वमा यो सबैभन्दा धेरै अस्टे«लियामा पाइन्छ । पृथ्वीको माथिल्लो सतहमा युरेनियमको १०४० टन मात्रा छ, युरेनियम चमकदार सेतो रंगको धातु हो ।
वैज्ञानिकहरुका अनुसार यो निकै ज्यादा सक्रिय तत्व हो । जसको अर्थ, यसले कुनै पनि पदार्थसँग चाडै नै क्रिया उत्पन्न गर्छ । र, यदि हामील युरेनियमलाई खुला हावा छाड्यौं भने यो पदार्थ जल्न थाल्छ ।
यो त यसको स्वभाव भयो, तर के तपाईंलाई थाहा छ यसको प्रयोग कहाँ–कहाँ हुन्छ ?
यो अत्यन्त उपयोगी र मुल्यवान् धातु हो । परमाणु उर्जामा यसको उपयोग बिजुली उत्पादनका लागि गरिन्छ । पृथ्वीमा आजको समय युरेनियाको सबैभन्दा अधिक उपयोग परमाणु उर्जाका रुपमा गरिन्छ भन्दा सही हुन्छ । तर युरेनियमको प्रयोगले संसारमा धेरै विवाद पनि सिर्जना गरेको छ । किनकी, धेरै देशले युरेनियमलाई परमाणुशक्तिको रुपमा प्रयोग गर्छन् ।
सायद, तपाईलाई थाहा हुनुपर्छ, युरेनियमलाई परमाणुबमको निर्माणमा पनि प्रयोग गरिन्छ । विश्वका धेरै देशमा परमाणु बमको निर्माण प्रतिबन्धित छ । तर केही देशले शक्तिशाली बन्ने होडमा , त केहीले आफुलाई सुरक्षित राख्नका लागि यसको प्रयोग गर्ने गरेका छन् ।
यदि युरेनियमको उत्खनन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्न सकियो भने नेपालीहरूको प्रतिव्यक्ति आय संसारकै सबैभन्दा धेरै हुन सक्ने विज्ञ हरू बताउँछन् । केही अघि खानी तथा भूगर्भ विभागको अनुसन्धानका अनुसार नेपालका धेरै ठाउँहरुमा युरेनियम पाइने सम्भावना देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा १ केजी शुद्ध युरेनियमको करोडौं पर्ने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक