अर्मानिया–अजरबैजानद्वारा दोस्रो युद्धविरामको घोषणा, फेरिएला त स्थिती ?
२१ दिनसम्म चलेको युद्धपछि अर्मानिया र अजरबैजान एक पटक पुनः विवादित नार्गोनो–काराबाख क्षेत्रमा युद्धविरामका लागि तयार भएका छन् ।
दुबै देशले यो युद्धविराम स्थानीय समयानुसार मध्य रातदेखि सुरु हुने बताएका छन् ।
यसअघि अर्मानिया र अजरबैजानले गत हप्ता पनि युद्धविरामको निर्णय गरेका थिए जुन भोलिपल्टै तोडिएको थियो ।
यद्यपि, युद्धविरामको नयाँ घोषणापश्चात् पनि दुबै देशका सेनाबीच झडप जारी छ ।
यसअघि शनिबारसम्म दुई देशले एक अर्कामाथि सम्झौताको उल्लंघन र हिंसाको आरोप लगाइरहेका थिए ।
युद्धविरामको नयाँ सम्झौतामा के छ ?
अर्मानिया र अजरबैजानले युद्धविरामको पुष्टि गरेका छन् । यद्यपि, यसबारे विस्तृत जानकारी भने दिइएको छैन ।
अजरबैजानको विदेश मन्त्रालयले नयाँ युद्धविराम अक्टोबरमा दिइएको अमेरिकी, फ्रान्सेली र रुसी राष्ट्रपतिको बयान, पाँच अक्टोबरमा जारी गरिएको मिन्स्क ग्रुपको बयान र १० अक्टोबरमा भएको मस्को सम्झौतामा आधारित छ ।
अर्मानियाली विदेश मन्त्रालयको प्रवक्ताले पनि आफ्नो ट्वीटमा यही कुरा दोहोराए ।
उनले अर्मानिया युद्धग्रस्त क्षेत्रमा युद्धविराम र तनाव कम गर्ने दिशामा लिइएको निर्णयको स्वागत गरेको बताएका छन् ।
रुसी विदेशमन्त्री सर्गेई लावरोवले शनिबार अर्मानिया र अजरबैजानका विदेशमन्त्रीसँग कुरा गर्दै उनीहरुले सम्झौताको कडा पालना गर्नुपर्ने बताएका छन् ।
लावरोवले नै गत हप्ता युद्धविरामका लागि मध्यस्थता गरेका थिए ।
स्थिती कस्तो छ ?
अजरबैजानले शनिबार बिहान अर्मानियामाथि मिसाइल दागेको आरोप लगायो । यो मिसाइल युद्धग्रस्त क्षेत्रभन्दा निकै टाढा रहेको गैंजामा दागिएको थियो । यो मिसाइल हमलामा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते छन् ।
अजरबैजानको विदेश मन्त्रालयले आफ्नो एक बयानमा अर्मानियामाथि जानीजानी सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएको छ ।
अर्मानियाका अधिकारीले यो हमलाको अस्विकार गर्दै अजरबैजानमाथि नै आवसीय इलाकामा हमला गरेको आरोप लगाएका छन् ।
अर्मानियाली रक्षा मन्त्रालयकी प्रवक्ता शुशान स्तेपनियानले फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै लेखिन्, ‘यो भिडियोले नार्गोनो–काराबाख इलाकामा विनाश देखाउँछ ।’
उनले अजरबैजानका सैनिकमाथि सर्वसाधारणलाई मिसाइलमार्फत् निशाना बनाएको आरोप लगाइन् । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

