अजरबैजानले एक सेकेन्डका लागि पनि युद्धविराम नमानेको अर्मानियाको आरोपः युद्ध देशैभरी फैलने सम्भावना
अर्मानियाका राष्ट्रपतिले अजरबैजानसँग नार्गोनो–काराबाखमा चलिरहेको झडपमा उनको सेनाको ठूलो क्षती भएको बताएका छन् । टेलिभिजनमा एक सम्बोधनको क्रममा राष्ट्रपति निकोल पाशिन्यानले अर्मानियाको अजेरिसमा क्षती भएको तथापि समान्य नियन्त्रणको स्थिती भएको बताएका छन् ।
पाशिन्यायनले अजरबैजानमाथि युद्धविरामको उल्लंघनको आरोप लगाउँदै भने, ‘अजरबैजानले एक सेकेन्डका लागि पनि युद्धविराम मानेन र त्यहाँ अहिलेसम्म पनि हमला गरिरहेको छ । यसको अर्थ यो भयो कि अजरबैजान पूरा इलाकामाथि कब्जा जमाउनका लागि आफ्नो नीतिलाई अनुसरण गरिरहेको छ ।’
नार्गोनो–काराबाख क्षेत्रमा अजरबैजानका कारण भएको क्षतीबारे पाशिन्यानले भने, ‘मातृभूमिको रक्षामा आफ्नो ज्यान गुमाएका आफ्ना वीरहरु शहिद भएकोमा शोक व्यक्त गर्दछु ।’
उनले भने, ‘यो सम्बोधनको मुख्य उद्देश्य हाम्रो राणनीति र हामी के गरिरहेका छौं त्यसबारे कुरा गर्नु हो र हामी जे गरिरहेका छौं त्यसमा राष्ट्रिय एकतालाई प्रोत्साहित गर्नु हो । ’
उता अजरबैजानका राष्ट्रपति इलहाम अलिवले अर्मानियामाथि आफ्नो देशको ग्यास पाइप लाइनमाथि हमलाको कोसिस गरेको आरोप लगाउँदै गम्भीर प्रतिक्रियाको चेतावनी दिए ।
युद्ध काराबाखबाट बढेर देशैभरी फैलने सक्नेः
बीबीसी संवाददाता जूरी वेन्डिक भन्छन्, ‘अर्मानियामा एक टार्गेटमा अजरबैजानले मिसाइलमार्फत् जुन हमला गर्यो त्यो नार्गोनो–काराबाखको युद्धमा एउटा महत्वपूर्ण मोड बन्न सक्छ । अर्मानियाले नार्गोनो–काराबाखभन्दा हमला गरिएको यो पहिलो पटक हो र दुबै देशले यो तथ्य पुष्टि पनि गरेका छन् ।’
अजरबैजानले सीमामा आफ्नो एक शहरलाई निशाना बनाउँदै तैनाथ गरिएको रकेट लञ्चरलाई नष्ट गरेको दाबी गरेको छ । अर्मानियाको रक्षा मन्त्रालयका प्रेस सचिव सुसैन स्टीफेनयानले यसलाई एउटा अनुमान बताउँदै अहिलेसम्म अर्मानियले आफ्नो इलाकाबाट अजरबैजानमा कुनै गोलीबारी नगरेको स्पष्ट पारिन् ।
युद्धको सुरुवात हुँदा अर्मानियाले आफ्नो सीमावर्ती शहर वार्डेनिसमा हमला हमलाको कुरा गरेका थिए र त्यतिबेला टर्कीको फाइटर विमानले अर्मानियाको एक फाइटर विमानलाई खसालेको बताएको थियो । यद्यपि, उसले यसका लागि कुनै प्रमाण दिएका थिएनन् । अर्कोतर्फ अजरबैजानले अर्मानियाले उसको शहरमा आफ्नो सीमाबाट रकेट दागेको दाबी गरेको छ । तर मानिसहरुले अहिलेसम्म यसको प्रमाण देखेका छैनन् ।
अब अर्मानियाका रक्षा मन्त्रालयकी प्रेस सचिव सुसैन स्टीफेनयानले अर्मानिया दुश्मनको इलाकामा सैन्य इलाकामा हमलाको अधिकार राख्ने बताएकी छिन् । अजरबैजानले पनि ठ्याक्कै यस्तै बयान दिएको छ । यदि अब सीमामा झडप जारी रहे यसको अर्थ यो हुनेछ कि युद्ध काराबाखबाट अघि बढेर अर्मानिया र अजरबैजानको पूरा सीममा फैलनेछ ।
यसबाहेक सैद्धान्तिक रुपमा यसले अन्तरराष्ट्रिय राजनीतिलाई पनि प्रभावित पार्न सक्छ । अर्मानिया रुससँग सीएसटीओ सैन्य गठबन्धको एक सदस्य हो । अर्थात, यसको इलाकामा हमलाको पुष्टि हुँदा रुस आफ्नो सहयोगी पक्षमा यो युद्धमा हस्तक्षेप गर्न सक्छ । यद्यपि, अहिलेसम्म रुस दुबै देशबीच सन्तुलन बनाउने उद्देश्यले मध्यस्थताको भूमिका निभाउने कोसिस गरिरहेको छ ।
१८ औं दिन पनि युद्ध जारीः
नागोर्नो–काराबाखको इलाकाका लागि अजरबैजान र अर्मानियाबीच पछिल्लो दुई हप्तादेखि चल्दै आएको लडाईं अहिलेसम्म रोकिएको छैन ।
रुसको तर्फबाट मध्यस्थताको कोसिस हुँदाहुँदै पनि देश सन् १९९० को दशकदेखि यो क्षेत्रको नियन्त्रणका लागि लडिरहेको छ र हालैको समयमा यो संघर्ष तीब्र भएको छ ।
बुधबार यो लडाईंको १८ औं दिन हो ।
अजरबैजानले नागोर्नो–काराबाखलाई अजरबैजानको हिस्साको रुपमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएको बताएको छ ।
यस्तै अर्कोतर्फ अर्मानियाले नागोर्नो–काराबाख ऐतिहासिम रुपमा अर्मेनियाली मानिसहरुको घर भएकोले युगौंदेखि अर्मानियाको हिस्सा भएको बताएको छ ।
नागोर्नो–काराबाख दशकौंदेखि पूर्व सोभियत संघको हिस्सा रहिसकेको अर्मानिया र अजरबैजानबीच तनावको कारण बनेको छ ।
नार्गोन–काराबाखमा भइरहको लडाईंको विषयमा शनिबार अजरबैजान र अर्मानियाबीच रुसको मध्यस्थतामा युद्ध विरामको सम्झौताको घोषणा भएको थियो ।
यद्यपि, यो सम्झौता एक दिन पनि राम्रोसँग टिक्न सकेन ।
मिसाइल स्ट्राइकले फेरिएला भविष्य ?
मंगलबार राती अर्मानियामा अजरबैजानको तर्फबाट दागिएको मिसाइल स्ट्राइकले यो संघर्षलाई नयाँ मोड दिनसक्छ ।
अजरबैजानले गैर मान्यता प्राप्त नार्गोनो–काराबाखभन्दा बाहिर हमला गरेको पहिलो पटक स्विकारेको छ ।
अजरबैजानले आफूले आफ्नो सीमामा तैनाथ एक मिसाइल लञ्चर नष्ट गरेको दाबी गरेको छ । उक्त लञ्चरको टार्गेट अजरबैजानको एउटा शहर भएको बताइएको छ ।
यद्यपि, अर्मानियाको रक्षा मन्त्रालयले यो अस्विकार गरेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान