मुख्यमन्त्री शाहीविरुद्धको अविस्वास प्रस्ताव बीचमै तुहियो, मन्त्रिपरिषद् पुनर्गठन हुने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । मन्त्रिपरिषद् पुनर्गठन गर्न शाही सहमत भएसँगै उनीविरुद्धको अविस्वास प्रस्ताव तुहिएको छ ।
नेकपाका केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीले सुर्खेत पुगेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका प्रदेश सभा सदस्यहरुलाई अविश्वासको प्रस्तावका लागि गरेको हस्ताक्षर फिर्ता लिन र आजको बैठकमा नजान सुझाव दिएपछि नेपाल समूहका ७ जना हस्ताक्षरकर्ताहरु पछि हटेका हुन् । उनीहरु बैठकमा सहभागी नभएपछि शाहीविरुद्धको प्रस्ताव तुहिएको हो ।
सुर्खेतमा रहेका आचार्यले भने, साथीहरुसँग छलफल भयो । हस्ताक्षर गरेका साथीहरु बैठकमा जानुभएन । त्यति भएपछि कोरम पुगेन । अब अरु बाँकी प्रकृया अघि बढ्छ, आचार्यले भने ।
स्रोतका अनुसार मुख्यमन्त्री शाहीले एक दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने वाचा गरेपछि विवाद मिलेको छ । त्यसक्रममा माधव नेपाल पक्षलाई तीनवटा मन्त्री दिने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


