शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णालीमा माधवकुमार नेपाल पक्ष अविश्वास प्रस्तावबाट ‘ब्याक’

मङ्गलबार, २७ असोज २०७७, १२ : ४९
मङ्गलबार, २७ असोज २०७७

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने योजनामा हस्ताक्षर गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माधव नेपाल समूह ‘ब्याक’ भएको छ । आइतबार मुख्यमन्त्री शाहीलाई नेकपा प्रदेश संसदीय दलको नेताबाट हटाउन भन्दै बरिष्ठ नेता माधव नेपालसमूहका सातजना प्रदेश सदस्यले पनि अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए । 

सो समूहबाट हस्ताक्षर गरेका प्रदेश सभा सदस्यहरु हस्ताक्षर फिर्ता लिन सहमत भइसकेको प्रदेश सदस्य गोपाल शर्माले जानकारी दिए । ‘उहाँहरु आज बोलाएको बैठकमा सहभागी हुनुभएको छैन । त्यसैले अविश्वासको प्रस्तावको विपक्षमा हुनुहुन्छ भन्ने बुझिन्छ’, शर्माले रातोपाटीसँग भने, अव नयाँ ढंगले कोर्ष अघि बढ्ने देखिन्छ । शाहीविरुद्ध अविस्वास प्रस्ताव ल्याएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रण्डले नेता माधवकुमार नेपाल र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई भेटेर समस्या मिलाउनुपर्ने बताएका थिए । 

प्रचण्डले नेता नेपालसँग भेटेर कुरा गरेपछि नेपालले नेकपाका केन्द्रीय सदस्य नीरज आचार्यलाई समस्या समाधान गर्न सुर्खेत पठाएका थिए । 
नेता आचार्यले सुर्खेत पुगेर हस्ताक्षरकर्ता नेता नेपाल पक्षधरका सांसदहरूसँग छलफल गरेका थिए । 

आफूविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतक गुलाफजङ शाहलाई बर्खास्त गर्दै उनको ठाउँमा सचेतक सीता नेपाली ल्याएका थिए । नेपालीले कार्तिक ७ गते ११ बजे संसदीय दलको बैठक बोलाएकी छन् । 

यसअघि हटाइएका शाहले आजै दिउँसो १ बजे बैठक बोलाएका थिए । ओली पक्षका प्रदेश सहइन्चार्ज यामलाल कँडेलसहित ८, नेता नेपाल पक्षका ७ र पूर्वमाओवादी केन्द्र समूहका ३ जना नेताले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । नेपाल पक्षकै अर्का सांसद पदम बहादुर रोकायले आफू आजको बैठकमा नजाने र अरु साथीहरु पनि नजाने प्रतिक्रिया दिए ।

‘म त आजको बैठकमा जान्न । अरु साथीहरु ब्याक भए जस्तो लागेको छ’, उनले भने, ‘कोरम नै नपुग्ने भएपछि के बैठक बस्छ र ?’ 

अविस्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेकी पुष्पा घर्तीले पनि आजको बैठकबारे केही जानकारी नभएको बताइन् । घर्ती मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने प्रस्तावमा हस्ताक्षर गरेकी थिइन । उनी पूर्व माओवादी केन्द्रकी हुन् । खै मलाई त केही पनि थाहा छैन । म केहीबेरमा अफिस पुग्छु , उनले रातोपाटीसँग भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप