नेकपा कर्णाली प्रदेशको प्रमुख सचेतकमा नेपाली नियुक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सभा दल कर्णाली प्रदेशले प्रमुख सचेतक परिवर्तन गरेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गुलावजंग शाहको स्थानमा प्रदेश सभा सदस्य सीता नेपालीलाई आइतबार नियुक्त गरेका हुन् ।
कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीविरुद्ध १८ जना ससदस्यले अविश्वास प्रस्ताव गरेकै दिन साहको स्थानमा नेपालीलाई नियुक्त गरिएको हो । मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम नेपालीलाई प्रदेश सभाको प्रमुख सचेतकमा नियुक्त गरेको उल्लेख गरेका छन् ।
‘प्रस्तुत सम्वन्धमा नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम प्रदेश सभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश सभा दलका सदस्य तपाईँ सीता कुमारी नेपालीलाई प्रदेश सभा दलको विधान बमोजिम पार्टी र दलको हितमा काम काज गर्नुहुने विश्वास सहित तपाइलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको छु’, प्रदेश सभा दलका नेता तथा मुख्यमन्त्री समेत रहेका शाहीले नेपालीलाई दिएको नियुक्तिमा भनिएको छ ।
नेपालीलाई प्रमुख सचेतकमा दिएको नियुक्तिको बोधार्थ नेकपा कर्णाली प्रदेश कमिटीका अध्यक्ष, नेकपा केन्द्रीय कार्यलय काठमाडौ र प्रदेश सभा सचिवालय कर्णाली प्रदेशमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
तस्बिरमा हेर्नुहोस् शैलुङको सुन्दरता
-
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण
-
एलिनाले गाइन् मर्मस्पर्शी गीत ‘एउटा नाता टुटेपछि...’
-
११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन