नेकपा कर्णाली प्रदेशको प्रमुख सचेतकमा नेपाली नियुक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सभा दल कर्णाली प्रदेशले प्रमुख सचेतक परिवर्तन गरेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गुलावजंग शाहको स्थानमा प्रदेश सभा सदस्य सीता नेपालीलाई आइतबार नियुक्त गरेका हुन् ।
कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीविरुद्ध १८ जना ससदस्यले अविश्वास प्रस्ताव गरेकै दिन साहको स्थानमा नेपालीलाई नियुक्त गरिएको हो । मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम नेपालीलाई प्रदेश सभाको प्रमुख सचेतकमा नियुक्त गरेको उल्लेख गरेका छन् ।
‘प्रस्तुत सम्वन्धमा नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम प्रदेश सभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश सभा दलका सदस्य तपाईँ सीता कुमारी नेपालीलाई प्रदेश सभा दलको विधान बमोजिम पार्टी र दलको हितमा काम काज गर्नुहुने विश्वास सहित तपाइलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको छु’, प्रदेश सभा दलका नेता तथा मुख्यमन्त्री समेत रहेका शाहीले नेपालीलाई दिएको नियुक्तिमा भनिएको छ ।
नेपालीलाई प्रमुख सचेतकमा दिएको नियुक्तिको बोधार्थ नेकपा कर्णाली प्रदेश कमिटीका अध्यक्ष, नेकपा केन्द्रीय कार्यलय काठमाडौ र प्रदेश सभा सचिवालय कर्णाली प्रदेशमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी हुँदा नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित
-
राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिकाे ध्यानाकर्षण
-
अभिनेत्री उषा रजकको गुनासो : मलाई ‘ह्यारेसमेन्ट’ भयो, प्रहरीको सहयोग मिलेन
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण