प्रदेश ५: दाङको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको ह्विप

काठमाडौँ । प्रदेश राजधानी र नामबारे निर्णय गर्न बसेको प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सकिएको छ ।
सोमबार बिहान बुटवलमा बसेको नेकपाको प्रदेशसभाको बैठकले प्रदेशको राजधानी दाङ र नाम लुम्बिनीको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।
‘दाङलाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्री शंकर पोखरेलले ह्विप जारी गर्नुभएको छ,’ नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले भने । नेकपाका ६० जना प्रदेशसभा सांसद छन् ।
बैठकले दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ । नेकपाले ह्विप लगाएपछि दाङ राजधानी बन्ने निश्चित भएको छ ।
७ बजेको लागि बोलाइए पनि मुख्यमन्त्री शंकर पोखरेल ढिला आएकाले बैठक ११ बजेपछि सुरू भएको थियो । कडा सुरक्षाको बीच बैठक सुरु भएको थियो ।
मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव प्रदेशसभामा पेस भएको छ । उक्त प्रस्तावमाथि छलफल गर्न केहीबेरमा प्रदेशसभा बैठक बस्दैछ ।
प्रदेश ५ मा राजधानीको विषयमा विवाद बढ्दै गइरहेको बेला प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिका सभापति भोजप्रसाद श्रेष्ठले राजीनामा समेत दिएका छन् । सांसद श्रेष्ठ संसदीय दलको बैठकमा अनुपस्थित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ