प्रदेश ५ राजधानी विवादः कानुन मस्यौदा समितिका सभापतिले दिए राजीनामा

बुटवल । प्रदेश ५ मा राजधानीको विषयमा विवाद बढ्दै गइरहेको बेला प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिका सभापतिले राजीनामा दिएका छन् ।
रुपन्देहीका सांसद् भोजप्रसाद श्रेष्ठले प्रदेश ५ को कानुन मस्यौदा समितिको सभापतिबाट राजीनामा दिएका हुन् । उनी बुटवल राजधानी हुनपर्ने पक्षमा रहेका थिए ।
उनले रातोपाटीसगँ भने ‘मलाई राजधानीसँग सभापति पद साटेको आरोप लाग्यो, त्यस कारण आजका मितिदेखि सभापतिबाट राजीनामा दिएको घोषणा गरेको छु ।’
सांसद् श्रेष्ठलाई प्रदेश सरकारले केही हप्ता अघि मात्रै समितिको सभापतिमा नियुक्ति गरेको थियो।
नेकपा संसदीय दलको बैठक बोलाइएको बैठकमा पनि उपस्थित भएका छैनन्। संसदीय दलले सोमबार बिहान ७ बजे बैठकका लागि डाकेको थियो। उनी रुपन्देही क्षेत्र २ को १ बाट निवाचित भएका छन् । प्रदेशसभामा दाङमा प्रदेश राजधानी बनाउने प्रस्ताव पेश भएपछि अहिले तरंग उत्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार विदेश पठाउनै पर्ने प्रावधान हट्यो