प्रदेश ५ : सुरू भयो नेकपा संसदीय दलको बैठक

काठमाडौँ । प्रदेश राजधानी र नामबारे निर्णय गर्न बिहान ७ बजेका लागि बोलाइएको प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सुरू भएको छ । बैठक ११ बजेपछि सुरू भएको हो ।
मुख्यमन्त्री शंकर पोखरेल ढिला आएकाले बैठक ढिला गरी सुरू भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।
कडा सुरक्षाको बीच बैठक सुरु भएको छ । बैठकस्थल बाहिर व्यापक मात्रामा प्रहरी परिचालित गरिएको छ ।
मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव प्रदेशसभामा पेस भएको छ । उक्त प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक समेत डाकिएको छ ।
केही बेरअघि प्रदेश ५ मा राजधानीको विषयमा विवाद बढ्दै गइरहेको बेला प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिका सभापति भोजप्रसाद श्रेष्ठले राजीनामा समेत दिएका छन् । सांसद श्रेष्ठ संसदीय दलको बैठकमा अनुपस्थित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसमा सहमतिमा स्ववियु गठन
-
रेशम पक्राउपछि महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले भन्यो - सर्वसत्तावादी हैकमवादको खुलेर विरोध गरौँ
-
विदेश पठाइदिन नसकेपछि पैसा लिने एजेन्टको अपहरण, नाबालकसहित चार जना पक्राउ
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह