कोरोना संक्रमित काठमाडौंका मेयरको पाँचतारे होटलमा बास, जनताको भने बिचल्ली

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनाभाइरस संक्रमणपछि कहाँ होलान ? होम आइसोलेसनमा ? कुनै अस्पतालको आइसोलेसनमा ? वा आफैले बनाउने भनेर आश्वासन दिएको आइसोलेशन सेन्टरमा ? यदि तपाईँले यस्तै अनुमान गर्नुभएको छ भने तपाईँ गलत हुनुभयो ।
काठमाडौं महानगरपालिकाका जनताको मतबाट निर्वाचित भइ महानगर हाँकिरहेका शाक्य यतिबेला काठमाडौंको सबैभन्दा महंगो आइसोलेसनमा छन् । उनी अहिले काठमाडौंको पाँच तारे होटल सोल्टीको विशेष कोठा बुक गरेर बसेको खुलेको हो ।
उनले आफू घरमै आइसोलेसनमा बस्दै आएको सार्वजनिक रुपमा बताउँदै आएपनि गोप्यरुपमा होटलको आइसोलेसनमा बस्दै आएको खुलेको हो । उनलाई गत भदौ १५ गते कोरोना संक्रमण भएको थियो । स्रोतका अनुसार मेयर शाक्य मात्र हैन उनकी श्रीमती पनि सोल्टीको विशेष आइसोलेसनमा सँगै छिन् । त्यहाँ उनलाई काठमाडौंको ग्राण्डी र मेडासिटी अस्पतालबाट डाक्टरको व्यवस्था गरिएको छ ।
गत भदौं ३ गते काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितलाई राख्न एक साताभित्र ५ हजार बेड क्षमताको आइसोलेशन निर्माण गर्ने घोषणा गरेका थिए । तर सो कार्य पूरा हुन सकेको छैन ।
काठमाडौं उपत्यकामा कोरोना भाइरस रोकथामका लागि सेना परिचालनको माग गर्ने तर कोरोना संक्रमण थालेको ५ महिना बढी समय गुर्जदा पनि महानगरमा क्वारेटिन र आइसोलेसन सेन्टरको व्यवस्था गर्न नसक्ने उनले आफ्नो लागि भने सबैभन्दा महंगो आइसोलेन तयार गरेका हुन् ।
पछिल्लो समय काठमाडौं भित्रिने नाकामा काठमाडौंबाहिरबाट आउने मान्छेलाई प्रहरीले नियन्त्रण गर्न नसकेको भनेर मेयर शाक्य चिडिएका थिए । उपत्यका मेयर फोरमका संयोजक समेत रहेका शाक्यले उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुलाई सेना परिचालनको माग गर्दै आएका थिए । मेयर शाक्य अझै ४ दिन होटल सोल्टीमै रहने स्रोतको भनाइ छ ।
काठमाडौं उपत्यकामा दिनहुँ कोरोनाभाइरस संक्रमित थपिरहेको भएपनि उनीहरुको व्यवस्थापनका लागि महानगरले प्रभावकारी पहल गर्न नसकेको गुनासोहरु चर्कोरुपमा सुनिन थालेको छ । कोरोना संक्रमित हुनुअघि मिडिया खपतका लागि आइसोलेसन सेन्टर बनाउने भन्दै ठूला भाषण गरेपनि सिन्को नभाँचेको र अहिले आफ्नो लागि भने तारे होटल व्यवस्था गर्नु जनमतकै अपमान भएको महानगरकै एक वडाध्यक्षले बताए । मेयर शाक्यलाई यस विषयमा बुझ्न सम्पर्क गर्दा सम्पर्कमा आएनन् भने महानगरका जिम्मेवार अधिकारी पनि यसबारेमा नबोल्ने भन्दै पन्छिए ।
शुक्रबारसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या साढे १० हजार नाघेको छ । संक्रमित दिनहुँ बढ्दै जाँदा कतिपयले प्रभावकारी उपचार पाउन नसक्दा घरमै जोखिम मोल्दै बस्न बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख
-
राजावादीहरूको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन
-
पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु
-
सुरु भयो एनएसएल : पहिलो खेलमा नै रोमाञ्चक बराबरी (तस्बिरहरू)
-
पाकिस्तानमा तालिबानविरुद्धको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु