संशोधन र परिमार्जनपछि एमसीसी अनुमोदन गर्ने नेकपाको संस्थागत निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीभित्र लामो समय विवादको विषय बनेको अमेरिकी सरकारको सहयोग मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संशोधन र परिमार्जन गर्दै संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । नेकपाले एमसीसीबारे संस्थागत रुपमा पहिलो पटक यस्तो निर्णय गरेको हो ।
सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेशनबीच सन्२०१७ मा भएको एमसीसी सम्झौता संसदमा अनुमोदनका लागि विचाराधीन अवस्थामा छ ।
शुक्रबार बसेको स्थायी समिति बैठकले एमसीसीलाई संशोधन र परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नु अघि आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोश्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । झलनाथ खनाल नेतृत्वको कार्यदलले एमसीसी संशोधन र परिमार्जन गरेर मात्रै स्वीकार गर्न सुझाव दिएको थियो ।
पछिल्लो पटक पार्टी विवाद समाधान गर्न गठित कार्यदलले पनि खनाल नेतृत्वको कार्यदलको प्रतिवेदनमाथि स्थायी कमिटी र सचिवालयमा छलफल गर्दै सो सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पारेर आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्न सुझाव दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेवारपानी : सम्झना बिर्सनाका तरेली– २
-
चीनले वितरण गरेको साइकल जलाइयो
-
रास्वपाको राजनीतिक प्रशिक्षण : ६ मुख्य शीर्षकका ५६ वटा विषय समावेश
-
नकारात्मकताको जरो नै केपी ओली : उपाध्यक्ष खतिवडा
-
७५३ वटै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न माग
-
अस्ट्रेलिया र इंग्ल्यान्डबिचको खेलमा भारतीय राष्ट्रिय गान बजेपछि...