शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वालुवाटारबाट प्रचण्ड निस्किएलगत्तै ओली र गौतमबीच एक घण्टा गोप्य वार्ता

बुधबार, १७ भदौ २०७७, २१ : ५९
बुधबार, १७ भदौ २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षय केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बुधबार साँझ भएको भेटवार्ता भएलगत्तै उपाध्यक्ष वामदेव गौतम र ओलीबीच गोप्य भेटवार्ता भएको छ । 

 अध्यक्ष ओलीले बालुवटार बोलाएपछि उपाध्यक्ष वामदेव गौतम सवा सात बजे बालुवाटार पुगेका थिए । ओली र गौतमबीच एक घण्टा कुराकानी भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए । 


गौतमले राष्ट्रियसभामा जाने बताएपछि प्रधानमन्त्री ओलीले उनलाई फकाउन वालुवाटार बोलाएको स्रोतको बताएको छ । ओली र गौतमबीच एक घण्टा कुराकानी भएपनि कुनै सहमति नभएको गौतम निकट स्रोतले जनाएको छ । 

ओलीले गौतमलाई राष्ट्रिय सभामा जाने कुरा छाड्न र प्रतिनिधिसभामै चुनाव लड्न आग्रह गरेपनि गौतमले फागुन १४ को निर्णय कार्यन्वयन गर्न ओलीलाई स्मरण गराएका थिए ।

बालुवाटारमा विहीबार बिहान ११ बजे नेकपा सचिवालयको बैठकअघि नेताहरुबीच भेटवार्ता बाक्लिएको हो । 

प्रधानमन्त्री ओली राष्ट्रियसभाको रिक्त सीटमा अर्थमन्त्री डा. युवराज खतिवडालाई लैजान चाहन्छन् भने उपाध्यक्ष गौतम आफूलाई मनोनित गर्नुपर्नेमा उभिएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप