वामदेवबारे सचिवालयमा छलफल गर्न ओली - प्रचण्ड सहमत
काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार बस्ने सचिवालय बैठकमा पार्टीभित्रका सवै विषयमा छलफल गर्ने सहमति भएको छ ।
उनीहरुबीच रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने वा युवराज खतिवडा भन्नेमा मतभेद रहँदै आएको छ । पार्टीले गौतमलाई पठाउन निर्णय नै गरिसकेकाले निर्णय कार्यन्वयन गर्नुपर्ने पक्षमा प्रचण्ड छन् भने ओली गौतमले सो पद यसअघि नै अस्वीकार गरेकाले युवराज खतिवडालाई सिफारिस गर्ने पक्षमा छन् ।
बुधबार बेलुका दुई अध्यक्षबीच दुई घण्टा भएको भेटवार्तामा कार्यदल प्रतिवेदन, राष्ट्रिय सभा सदस्य पदमा सिफारिस गर्ने व्यक्ति लगायतमा छलफल गर्ने सहमति भएको हो । सचिवालय बैठक अघि ओलीलाई भेट्न प्रचण्ड बुधबार ५ बजे बालुवाटार पुगेका थिए ।
उनीहरुबीच २ घण्टा भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । ‘दुई घण्टा छलफल भयो । भोलि सचिवालय बैठक बस्ने र सवै विषयमा बैठकमार्फत नै निर्णयमा पुग्ने कुरा बुझिएको छ’, सापकोटाले रातोपाटीसँग भेटवार्ताबारे जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण