मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेवबारे सचिवालयमा छलफल गर्न ओली - प्रचण्ड सहमत

बुधबार, १७ भदौ २०७७, १९ : ४५
बुधबार, १७ भदौ २०७७

काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार बस्ने सचिवालय बैठकमा पार्टीभित्रका सवै विषयमा छलफल गर्ने सहमति भएको छ ।

उनीहरुबीच रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने वा युवराज खतिवडा भन्नेमा मतभेद रहँदै आएको छ । पार्टीले गौतमलाई पठाउन निर्णय नै गरिसकेकाले निर्णय कार्यन्वयन गर्नुपर्ने पक्षमा प्रचण्ड छन् भने ओली गौतमले सो पद यसअघि नै अस्वीकार गरेकाले युवराज खतिवडालाई सिफारिस गर्ने पक्षमा छन् । 

बुधबार बेलुका दुई अध्यक्षबीच दुई घण्टा भएको भेटवार्तामा कार्यदल प्रतिवेदन, राष्ट्रिय सभा सदस्य पदमा सिफारिस गर्ने व्यक्ति लगायतमा छलफल गर्ने सहमति भएको हो । सचिवालय बैठक अघि ओलीलाई भेट्न प्रचण्ड बुधबार ५ बजे बालुवाटार पुगेका थिए । 

उनीहरुबीच २ घण्टा भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । ‘दुई घण्टा छलफल भयो । भोलि सचिवालय बैठक बस्ने र सवै विषयमा बैठकमार्फत नै निर्णयमा पुग्ने कुरा बुझिएको छ’, सापकोटाले रातोपाटीसँग भेटवार्ताबारे जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप