केन्द्रीय संस्करण

सिन्धुपाल्चोक पहिरो : बेपत्ता ३८ जनाको पहिचान खुल्यो (नामसहित)

person explore access_timeसाउन ३०, २०७७ chat_bubble_outline0

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोले पुरिएर हराइरहेका ३८ जनाको पहिचान खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार पहिरोमा परी अहिलेसम्म ५ जनाको शव भेटिएको छ । तर, उनीहरुको सनाखत भएको छैन । 

बेपत्ता हुनेहरुमा छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी, शिरमाया दोङ, विवरानी दोङ, साहिँली दोङ, बिबी लक्ष्मी, सानुकान्छा, साङलामो दोङ, सोनाम दोङ, हिरा भक्ति, जीते झाँक्री र सानुकान्छी दोङ (गर्भवती) रहेका छन् । 

यस्तै दन्दुस दोङ, सुरज दोङ, करेसमाई दोङ, च्यामा दोङ, सानु दोङ, टीकामाई दोङ, छिरिङ दोङ, मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, प्रीति दोङ, कान्छी दोङ, सानुकान्छी दोङ, वाङ्ची लामा दोङ, धनमाया तामाङ दोङ, रेनिस दोङ, मेकमाई दोङ, मिलन दोङ, विमला दोङ, माइला पराङ, प्रकाश दोङ, साइली दोङ, आयुश दोङ, सुवास तामाङ र टीकामाई दोङ बेपत्ता छन् । 

पहिराले ३७ घरमा क्षति पुर्‍याएको डीएसपी काफ्लेले बताए । पहिरोमा परी पाँच जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको चौतारा र १ गम्भीर घाइतेको काठमाडौंमा उपचार जारी छ । 

गाउँपालिका उपप्रधुम सिर्जना तामाङले दिएको जानकारीअनुसार बेपत्ता हुने एउटै टोलका बासिन्दा हुन् ।  उनका अनुसार घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.