शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक पहिरो : ३८ जना बेपत्ता, ३७ घर पुरियो (अपडेट)

शुक्रबार, ३० साउन २०७७, १२ : १२
शुक्रबार, ३० साउन २०७७

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङले रातोपाटीलाई जानकारी दिइन् । क्षतिबारे प्रहरीले औपचारिक जानकारी भने दिन बाँकी रहेको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् ।

कात्तिके र जलबिरेबाट हिँडेको नेपाल प्रहरीको उद्धार टोली  घटनास्थल पुगेको छ । यस्तै पहिरोमा पुरिएर पाँच जना गम्भीर घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप