सिन्धुपाल्चोक पहिरोमा पुरिएका ५ जनाको शव फेला
गम्भीर घाइतेलाई काठमाडौँ ल्याइयो
शुक्रबार, ३० साउन २०७७, १४ : १२
काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएका पाँच जनाको शव फेला परेको छ । मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता (डीएसपी) माधव काफ्लेले रातोपाटीलाई जानकारी दिए ।
पहिरोका कारण ३८ जना बेपत्ता छन् । बेपत्ताको संख्या थपघट हुनसक्ने बताइएको छ । पहिरोले पुरिएर गम्भीर घाइते भएका यमु ल्हामु दोङलाई मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । यमु ल्हामुको बानेश्वरस्थित सिभील अस्पतालमा उपचार भइरहेको छ ।
चारजना घाइतेको सिन्धुपाल्चोक सदरमुकाम चौतारामा उपचार भइरहेको छ । रुप बहादुर दोङ, जुनुमाया दोङ, केवलीङ दोङ र पासाङ दोङको चौतारामा उपचार भइरहेको डीएसपी काफ्लेले बताए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
