शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक पहिरोमा पुरिएका ५ जनाको शव फेला

गम्भीर घाइतेलाई काठमाडौँ ल्याइयो
शुक्रबार, ३० साउन २०७७, १४ : १२
शुक्रबार, ३० साउन २०७७

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएका पाँच जनाको शव फेला परेको छ । मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता (डीएसपी) माधव काफ्लेले रातोपाटीलाई जानकारी दिए । 

पहिरोका कारण ३८ जना बेपत्ता छन् । बेपत्ताको संख्या थपघट हुनसक्ने बताइएको छ । पहिरोले पुरिएर गम्भीर घाइते भएका यमु ल्हामु दोङलाई मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । यमु ल्हामुको बानेश्वरस्थित सिभील अस्पतालमा उपचार भइरहेको छ । 

चारजना घाइतेको सिन्धुपाल्चोक सदरमुकाम चौतारामा उपचार भइरहेको छ । रुप बहादुर दोङ,  जुनुमाया दोङ, केवलीङ दोङ र पासाङ दोङको चौतारामा उपचार भइरहेको डीएसपी काफ्लेले बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप