गोंगबु हत्याकाण्ड : प्रहरी अनुसन्धानमा खुले यी तथ्य

काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभत्स हत्याकाण्डका आरोपी कल्पना मुडभरी (पौडेल) र मृतक रोल्पाका कृष्णबहादुर बोहोराबीच करिब ३–४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भइ सम्पर्क हुँदै आएको खुलेको छ ।
प्रहरी अनुसन्धानका क्रममा अभियुक्तले दहीमा ५ वटा निद्राको औषधि मिसाइ खान दिएको र सो खाएपछि मृतक सुतेको मौकामा फलामको ह्याम्मरले मृतकको अण्डकोषमा प्रहार गरेको खुलेको छ । त्यसपछि कृष्णबहादुरलाई सलको प्रयोग गरी घाँटीमा थिचेपछि मृत्यु भएको प्रहरीको भनाइ छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा कल्पनाले त्यसपछि शवको टाउको छिनाइ झोलामा राखी आफै फाल्न गएको खुल्न आएको प्रहरीले जानकारी दियो ।
मृतकको शव आइतबार बिहान नवज्योति मार्गमा सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टा ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमिनमा फेला परेको थियो । प्रहरीका अनुसार शनिबार साँझ अभियुक्तको कोठामा पुगेका मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का समेत खान दिएकी थिइन् भने मृतक अभियुक्तको कोठामा पटक पटक जाने गरेको पाइएको छ ।
शवको व्यवस्थापन गरेपछि अभियुक्त साउन २५ गते बेलुका एम्बुलेन्समार्फत चितवन पुगेको अनुसन्धानबाट खुल्न आएको छ भने अनुसन्धानकै क्रममा उनी र उनकी छोरीको शव व्यवस्थापनमा संलग्नता रहेको खुलेपछि दुबैलाई प्रहरीले चितवनबाट सोमबार पक्राउ गरेर काठमाडौं ल्याएर सार्वजनिक गरेको हो ।
घटनास्थलबाट प्रहरीले दशीको रुपमा घारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पन्जा, घाँटी कँस्न प्रयोग भएको कालो सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, स्लिपिङ ट्याबलेटका खोल र मोबाइल सेट बरामद गरेको छ ।
कलाकार समेत रहेकी महिला र मृतकबीच आर्थिक कारोबारको विवाद रहेको बताइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म