गोंगबु हत्याकाण्ड : प्रहरी अनुसन्धानमा खुले यी तथ्य
काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभत्स हत्याकाण्डका आरोपी कल्पना मुडभरी (पौडेल) र मृतक रोल्पाका कृष्णबहादुर बोहोराबीच करिब ३–४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भइ सम्पर्क हुँदै आएको खुलेको छ ।
प्रहरी अनुसन्धानका क्रममा अभियुक्तले दहीमा ५ वटा निद्राको औषधि मिसाइ खान दिएको र सो खाएपछि मृतक सुतेको मौकामा फलामको ह्याम्मरले मृतकको अण्डकोषमा प्रहार गरेको खुलेको छ । त्यसपछि कृष्णबहादुरलाई सलको प्रयोग गरी घाँटीमा थिचेपछि मृत्यु भएको प्रहरीको भनाइ छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा कल्पनाले त्यसपछि शवको टाउको छिनाइ झोलामा राखी आफै फाल्न गएको खुल्न आएको प्रहरीले जानकारी दियो ।
मृतकको शव आइतबार बिहान नवज्योति मार्गमा सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टा ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमिनमा फेला परेको थियो । प्रहरीका अनुसार शनिबार साँझ अभियुक्तको कोठामा पुगेका मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का समेत खान दिएकी थिइन् भने मृतक अभियुक्तको कोठामा पटक पटक जाने गरेको पाइएको छ ।
शवको व्यवस्थापन गरेपछि अभियुक्त साउन २५ गते बेलुका एम्बुलेन्समार्फत चितवन पुगेको अनुसन्धानबाट खुल्न आएको छ भने अनुसन्धानकै क्रममा उनी र उनकी छोरीको शव व्यवस्थापनमा संलग्नता रहेको खुलेपछि दुबैलाई प्रहरीले चितवनबाट सोमबार पक्राउ गरेर काठमाडौं ल्याएर सार्वजनिक गरेको हो ।
घटनास्थलबाट प्रहरीले दशीको रुपमा घारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पन्जा, घाँटी कँस्न प्रयोग भएको कालो सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, स्लिपिङ ट्याबलेटका खोल र मोबाइल सेट बरामद गरेको छ ।
कलाकार समेत रहेकी महिला र मृतकबीच आर्थिक कारोबारको विवाद रहेको बताइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

