गोंगबु हत्याकाण्डका अभियुक्त 'कलाकार', फेसबुकमार्फत भएको थियो मृतकसँग चिनजान
मङ्गलबार, २७ साउन २०७७, ११ : १३

काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोंगबु नवज्योति मार्गमा रोल्पाका कृष्ण बहादुर बोहोराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी महिला कलाकार रहेको खुलेको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत कल्पना मुडभरी (पौडेल) लाई सार्वजनिक गरेको हो । हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छिन् ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत अर्का एकजनालाई पनि पक्राउ गरेको बताएपनि उनको पहिचान खुलाएको छैन ।
प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु