गोंगबु हत्याकाण्ड : अभियुक्त सार्वजनिक (तस्बिर/भिडियो)

काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ ।
रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन् ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । उनकी छोरी हत्या पछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।
हत्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन् ।
भिडियो हेर्नुहाेस्
तस्बिरहरु : कृष्ण खड्का र सुजन पन्त
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन सदनमा पेस
-
स्याल र बाघको कथा सुनाउँदै ओलीले भने- फटाहा कुरा गर्नेहरू स्थापित फटाहरू नै हुन्
-
प्रचण्डलक्षित एमाले सांसद गिरीको टिप्पणी: आफ्नो राजनीतिक रोटी सेक्नको लागि शिक्षकहरूलाई उत्तेजित पार्ने काम गरियो
-
तितेकरेलामा भेटियो विषादी
-
कसरी भयो प्रहरी र शिक्षकहरूबिच झडप ?
-
देउवाको थाइल्यान्ड भ्रमणबाट सार्वभौमिकता प्रस्ट भयोः विप्लव