भारतको प्रस्टीकरण : गौतम बुद्ध नेपालमै जन्मिएकोमा शंका छैन
आइतबार, २५ साउन २०७७, १९ : ३७

काठमाडौं । भारतीय विदेश मन्त्रालयले विदेशीमन्त्रीको अभिव्यक्तिको खण्डन गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्टीकरण दिएको छ । आइतबार मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्तिमा गरी बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका नभएको प्रष्टीकरण दिएका हुन् ।
यो पनि...
शनिबार भारतीय विदेश मन्त्री एस जयशंकरले बुद्धलाई 'महान् भारतीय' भनेका थिए । त्यसको नेपालमा चर्को विरोध भएको छ ।
यो पनि...
जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा आएको विदेश मन्त्रालयले बताएको छ ।
यता आइबार नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ हजार ८५० करोड भारु घोटालाका आरोपी हीरा व्यापारी बेल्जियममा पक्राउ
-
चट्याङबाट एक वर्षमा ७८ जनाको मृत्यु, कस्तो ठाउँमा पर्छ चट्याङ ?
-
नेपाल वायुसेवा निगमले गर्यो चैत्र मसान्तसम्मको ऋण भुक्तानी
-
अक्षर पटेललाई १२ लाख रुपैयाँ जरिवाना
-
गत वर्ष दुई लाख २१ हजारले गरे पाथीभराको दर्शन
-
कर वृद्धिमा कुनै पनि देशलाई छोडिन्न् : अमेरिकी राष्ट्रपति