भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति माधव नेपालको आपत्ति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेता नेपालले आइतबार अपराह्न ट्विट गर्दै भारतीय विदेशमन्त्रीले गौतम बुद्धको जन्मस्थानबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेको प्रचार तथ्यहीन रहेको समेत नेता नेपालको भनाई छ ।
नेता नेपालले ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत शाक्यमुनि बुद्ध नेपालमा जन्मिएकामा कुनै शङ्का बाँकी नरहँदा नरहँदै बेलाबखतमा भारतीय नेताहरुबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचका सम्बन्धमा प्रतिकूल असर पार्नसक्नेतर्फ ख्याल गर्न ध्यानाकर्षण समेत गराएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणका क्रममा नेपालको संसद्मै बुद्ध नेपालमा जन्मिएका हुन् भनेर स्पष्ट अभिव्यक्ति दिएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री नेपालले भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुःखद् रहेको बताएका छन् । “यसबारेमा नेपाल सरकारलाई औपचारिक रुपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु”, ट्विटमा भनिएको छ ।
भारतीय विदेशमन्त्री एस.जयशंकरले भगवान बुद्धलाई महान भारतीय भएको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि नेपाल लगायत भारतमा समेत उनको चर्को आलोचना भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण