गौतम बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति काँग्रेसको गम्भीर आपत्ति

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गम्भीर आपत्ति जनाएको छ ।
जयशंकरले शनिबार ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । र, हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पुरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छ,’ भनेका थिए ।
यसबारे काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार लगातार तीन वटा ट्वीट गरेर गम्भीर आपत्ति जनाएका हुन् ।
शर्माले ट्वीटमा लेखेका छन्, 'बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं । भारतीय भूमिबाट विगतमा आएका टिप्पणीपनि नेपाल बुद्ध भूमी हो भनेर स्वयं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भइसकेको हो । फेरिपनि आपत्तिजनक टिप्पणी अत्यन्तै दुःखद छ ।'
गौतम बुद्ध भारतमा जन्मेको एस जयशंकर दाबीलाई शर्माले आवेगको जवाफ भनेका छन् । शनिबार प्रधानमन्त्री केपी ओलीले भगवान राम नेपालमा जन्मिएको दाबी दोहोर्याउँदै माडीमा राम, सीता, हनुमान र लक्ष्मणको मूर्ती बनाउन निर्देशन दिएका थिए ।
आवेगको जवाफमा आवेग दुवै देशको हितमा नहुने शर्माको भनाइ छ ।
शर्माले भने, 'राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभुमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन् । मुल बिषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।'
नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति शर्मामो गम्भीर आपत्ति छ ।
उनले लेखेका छन्, 'भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भुभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती हाम्रो गम्भीर आपत्ति छ ।'
आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य आफूहरुलाई किमार्थ स्वीकार्य नभएको शर्माले बताए ।
भगवान बुद्ध नेपालमा जन्मिएका हुन् l त्यो भुभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती हाम्रो गम्भीर आपत्ति छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 9, 2020
`आवेगको जवाफमा आवेग´ पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै