बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुन तस्करी’मा प्रयोग भएको स्कोर्पियोको भर्‍याङ र ऐना गायब !

बिहीबार, १५ साउन २०७७, २१ : ३३
बिहीबार, १५ साउन २०७७

काठमाडौँ । मंगलबार कमलादीमा प्रहरी चेकजाँचको क्रममा सुन, चाँदी र हतियारसहितको झोला फालेर अभियुक्त भागेको भनिएको घटनामा प्रयोग भएको स्कोर्पियो गाडीको स्वरुप परिवर्तित अवस्थामा फेला परेको छ । 

तीन दिनदेखि प्रहरीले सर्वाधिक खोजेको स्कोर्पियो गाडी बिहीबार दिउँसो ललितपुरको नखिपोटमा फेला परेको हो । रातोपाटीलाई प्राप्त सीसीटिभी फुटेजको फोटो र बिहीबार नखीपोटमा भेटिएको गाडीको नम्बर प्लेट एउटै देखिएपनि पछाडिको स्वरुप परिवर्तन भएको छ । 

प्रहरीले नियन्त्रण लिन खोज्दा भागेको गाडी र नखिपोटमा फेला परेको गाडीको भर्‍याङ र ऐना परिवर्तन भएको छ । सीसीटिभी फुटेजमा देखिएको गाडीको पछाडी भर्‍याङ  र ऐना देखिन्छ । तर, बिहीबार दिउँसो फेला परेको गाडीमा भ-याङ  र ऐना छैन् । 

छतको दायाँबायाँ राखिएको कालो रंगको शो पनि हटाइएको अवस्थामा गाडी फेला परेको छ । गाडीको मोडालिटी परिवर्तन गरेको बारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

त्यो चार घण्टा 
स्कोर्पियो ललितपुरको नख्खिपोटस्थित अम्बर बहादुर राईको घरमा फेला परेको हो । मुल सडकबाट करिब ५० मिटरभित्र राईको घर छ । बाहिरबाट सजिलै उनको घर देखिँदैन । 

अम्बर बहादुर राईको भित्री सडकमा रहेको तीन तले घर । 

दिउँसो ३ बजेतिर सुन तस्करीमा प्रयोग भएको गाडी फेला परेको थियो । गाडी भेटिएको काठमाडौं र ललितपुरका केही प्रहरी अधिकृत घटनास्थल पुगे । तर, छिट्टै बाहिरिए । 

मिडियालाई प्रवेशमा रोक लगाइएको थियो । फोटोपत्रकार पर सडकमै रोकिए । साँचो थिएन, प्रहरीले गाडी मिस्त्री बोलायो । तर, कसैले पनि गाडी खोल्न सकेनन् । 

गाडी खोल्ने प्रयास असफल भएपछि र्याकरमा गाडीलाई राखेर राईको घरबाट निकालिएको छ । स्कार्पियोलाई कम्पनीको आधिकारीक सोरुममा लगेर खोलिने प्रहरीले जनाएको छ । 

कसले गर्यो स्वरुप परिवर्तन ?
घटनाको तीन दिनपछि फेला परेको छ गाडी । यतिबेला गाडीको भ¥याङ र ऐना कसले हटायो भन्ने प्रश्न उब्जिएको छ । त्यहाँ कसले गाडी राख्यो भन्ने पनि खुल्न सकेको छैन् ।

सो प्रकरणमा प्रहरी विवादमा तानिएको छ । अप्रेशनमा व्यवसायिकता देखाउन नसकेको भन्दै प्रहरी हेडक्वार्टरले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रन्जन दाहाललाई जिम्मेवारीबाट हटाएको छ । 

प्रहरीमाथि पनि शंका गर्ने ठाउँ देखिन्छ । गाडी निकाल्न चार घण्टा लगाएको कारण प्रहरीमाथि शंका गर्ने थुप्रै ठाउँ रहेको एक अवकाश प्राप्त एक डीआईजी बताउँछन् । 

दरबारमार्ग वृतका डीएसपी दाहाल नेतृत्वको टोलीले गरेको सो अप्रेशनको घटनास्थल नै परिवर्तन गरेको पाइएको छ । घटनास्थल सुन्धारा भएपनि काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीको निर्देशनमा क्राइम सिन परिवर्तन गरिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । 

ज्ञवालीले पत्रकार सम्मेलन गरेर कमलादीस्थित नविल बैंक मोडबाट साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरेको बताएका थिए । तर, उनले दावी गरेको ठाउँमा नविल बैंक नै नभएको अनुसन्धानबाट खुलेको छ । 

हेर्नुहोस् तलको यी दुई तस्बिर

रातोपाटीलाई प्राप्त सीसीटिभी फुटेजमा हेर्नु ‘गाडीको पछाडि भागमा भ¥याङ र ऐना दुवै छ ।’ 

 

ललितपुरको नखिपोटस्थित अम्बरबहादुर राईको घरमा भेटिएको गाडी हेर्नु, ‘पछाडि भागमा भ¥याङ र ऐना दुवै छैन ।’  

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप