अपडेटः कमलादीबाट बरामद सुनको मूल्य ४२ लाख, १५ लाखको चाँदी
काठमाडौं । राजधानीको कमलादीबाट प्रहरी बरामद गरेको १५ किलो पहेलो धातुमध्ये परीक्षण गर्दा आधा किलो सक्कली सुन भएको पाइएको छ । बजार मूल्य अनुसार सो सुनको मूल्य ४२ लाख ९ हजार ५ सय रहेको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रन्जन कुमार दाहाल नेतृत्वको टोलीले बा.६च ५५११ नम्बरको स्कोर्पियो रोकेर चेकजाँच गर्न खोज्दा सुन कारोबारी झोला फालेर भागेको थियो ।
झोला खानतलासी गरेर परीक्षण गर्दा साढे १४ किलो चाँदीमा सुनको जलप लगाएको भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) राजकुमार केसीले जानकारी दिए ।
सो चाँदीको बजार मूल्य १५ लाख ५६ हजार ४ सय पर्छ । सुन कारोबारीले चाँदीमा कम्पनीले लगाएको ट्याग मेटाउन सुनको जलप लगाएको हुनसक्ने बताइएको छ ।
सुन कारोबारमा संलग्न गिरोहले ठग्नका लागि सुनको जलप लगाएर बोकेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । चाँदी र सुन बोक्ने प्रयोग भएको स्कोर्पियो प्रहरीले खोजिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण