बरामद १५ किलोमध्ये आधा किलोमात्रै सक्कली सुन भएको पाइयो
काठमाडौं । प्रहरीले बरामद गरेको भनिएको १५ किलोमध्ये साढे १४ किलो सुन नक्कली भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बरामद गरिएको सुन परीक्षण गर्दा नक्कली रहेको खुलेको बताए ।
उनका अनुसार विस्कुट आकारको दर्जनाैँ टुक्रा सुनमध्ये आधा किलोमात्रै सक्कली नै रहेको पुष्टि भएको छ । बाहिरबाट हेर्दा सुन सक्कली जस्तो देखिएपनि पित्तलमा जलप लगाएको पाइएको ज्ञवालीले बताए । यस्तै प्रहरीले गोली नभएकाे दुई पेस्तोल पनि बरामद गरेकाे छ ।
यसअघि प्रहरीले नै कमलादीबाट १५ किलो सुन बरामद भएको भन्दै सञ्चारमाध्यममा सूचना चुहाएको थियो ।
प्रहरीले सुन कारोबारी सक्रिय रहेको सूचनाका आधारमा मंगलबार बिहान ९ बजेको समयमा काठमाडौंको कमलादीबाट महेन्द्र शालिकतर्फ जाने सडक खण्डमा चेकजाँच गर्दा कृष्ण पाउरोटीबाट कमलादीतर्फ तीव्र गतिमा आएको बा ६ च ५५११ नम्बरको स्कार्पियो सवारी रोक्दा खोज्दा गाडीबाट सेतो रङको कपडाको झोला फ्याँकिएको थियो भने गाडीसहितको मानिस भाग्न सफल भएका थिए । सो झोला हेर्दा नक्कली सुन र दुई पेस्तोल तथा दुईथान म्यागजिन बरामद भएको हो ।
फरार भएकाहरुको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण