बरामद १५ किलोमध्ये आधा किलोमात्रै सक्कली सुन भएको पाइयो

काठमाडौं । प्रहरीले बरामद गरेको भनिएको १५ किलोमध्ये साढे १४ किलो सुन नक्कली भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बरामद गरिएको सुन परीक्षण गर्दा नक्कली रहेको खुलेको बताए ।
उनका अनुसार विस्कुट आकारको दर्जनाैँ टुक्रा सुनमध्ये आधा किलोमात्रै सक्कली नै रहेको पुष्टि भएको छ । बाहिरबाट हेर्दा सुन सक्कली जस्तो देखिएपनि पित्तलमा जलप लगाएको पाइएको ज्ञवालीले बताए । यस्तै प्रहरीले गोली नभएकाे दुई पेस्तोल पनि बरामद गरेकाे छ ।
यसअघि प्रहरीले नै कमलादीबाट १५ किलो सुन बरामद भएको भन्दै सञ्चारमाध्यममा सूचना चुहाएको थियो ।
प्रहरीले सुन कारोबारी सक्रिय रहेको सूचनाका आधारमा मंगलबार बिहान ९ बजेको समयमा काठमाडौंको कमलादीबाट महेन्द्र शालिकतर्फ जाने सडक खण्डमा चेकजाँच गर्दा कृष्ण पाउरोटीबाट कमलादीतर्फ तीव्र गतिमा आएको बा ६ च ५५११ नम्बरको स्कार्पियो सवारी रोक्दा खोज्दा गाडीबाट सेतो रङको कपडाको झोला फ्याँकिएको थियो भने गाडीसहितको मानिस भाग्न सफल भएका थिए । सो झोला हेर्दा नक्कली सुन र दुई पेस्तोल तथा दुईथान म्यागजिन बरामद भएको हो ।
फरार भएकाहरुको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव